Search
Close this search box.
Search
Close this search box.

सुन्दरीलाई पछि पार्दै आश्माकुमारी बनिनन् मिस नेपाल २०२४

काठमाडौँ । मिस नेपाल २०२४ को ताज आश्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।

‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने करुणा रावतले जितिन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसीले उचालिन् । यो वर्ष २६ सुन्दरीहरु सौन्दर्य प्रतियोगितामा सहभागी थिए ।

EPIC EPIC

कार्यक्रममा ११ निर्णायकहरु उपस्थित थिए । जसमा डा रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे सकुन भण्डारी छन् ।

सन् १९९४ मा पहिलो मिस नेपाल घोषणा भएकी प्रथम सुन्दरी रूवी राणाले मिस नेपालले ३० औं वर्षको यात्रा पूरा गरेकोमा शुभकामना व्यक्त गरिन् । यो वर्ष मिस वर्ल्डमा भने मिस नेपाल २०२३ सृच्छा प्रधानले नेपाललाई प्रतिनिधित्व गर्नेछिन्। कार्यक्रममा सुर सुधाले प्रस्तुति दिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *