Search
Close this search box.
Search
Close this search box.

सुम्निमा बहुप्राविधिक शिक्षालयमा आजदेखि खेलकुद सप्ताह सुरु पहिलो दिन भलिबल र फुटबल खेलको ४ प्रतियोगिता सम्पन्न

भोजपुर । भोजपुर नगरपालिका–७ देउरालीमा रहेको सुम्निमा बहुप्राविधिक शिक्षालयमा आजदेखि खेलकुद सप्ताह सुरु भएको छ । फागुन १० गतेबाट सुरु भएको शिक्षालयको वार्षिक उत्सव कार्यक्रम अन्तर्गत आजदेखि खेलकुद सप्ताह सुरु भएको हो ।शिक्षालयको वार्षिक शैक्षिक क्यालेन्डर अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक विकाससँगै व्यक्तित्व विकाश, बौद्धिक तथा मानसिक विकास र शारीरिक विकासका लागी अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद कार्यक्रम सञ्चालन गरेको सुम्निमा बहुप्राविधिक शिक्षालय भोजपुरका शिक्षालय प्रमुख राजीव कुमार ठाकुरले जानकारी दिनुभयो


खेलकुद सप्ताहको पहिलो दिन आज छात्र र छात्रा बिचको मैत्रीपूर्ण फुटबल र भलिबल प्रतियोगीताका ४ खेल भएका छन् । जस अन्तर्गत सिभिल पाँचौँ सेमेस्टर  भर्सेस एजी फस्ट सेमेस्टर बिचको छात्र फुटबल प्रतियोगितामा ३–० गोल अन्तरले पाँचौँ सेमेस्टर सिभिल विजयी भएको छ भने छात्रा तर्फको सिभिल समूह भर्सेस एजी समूह बिचको खेलमा २–० गोल अन्तरले सिभिल समूह विजयी भएको छ । 

EPIC EPIC EPIC


त्यस्तै भलिबल तर्फ छात्र तेस्रो सेमेस्टर सिभिल भर्सेस तेस्रो वर्ष एजी (विशेष)बिचको खेलमा सिभिल तेस्रो सेमेस्टर विजयी भएको छ ।  छात्रा तर्फको भलिबलमा तेस्रो वर्ष एजी (विशेष) भर्सेस एजी पहिलो सेमेस्टर बिचको खेलमा एजी पहिलो सेमेस्टर विजयी भएको शिक्षालयका खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक निरज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खेलकुद सप्ताहमा छात्र र छात्रा दुवैको भलिबल, फुटबल, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट लगायत विभिन्न प्रतियोगितात्मक खेलहरू सञ्चालन हुनेछन् ।
खेलकुद सप्ताह आगामी फाल्गुण २४ गते सम्म सञ्चालन हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *