Search
Close this search box.
Search
Close this search box.

सूर्तिजन्य पदार्थमा करको दायरा बढाइने

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थमा करको दायरा बढाएर भए पनि विपन्न नागरिकको स्वास्थ्य उपचार गरिने बताएका छन् । बुधबार मन्त्रालयमा स्वास्थ्य पत्रकारहरूको भेटघाटमा मन्त्री बस्नेतले सूर्तिजन्य पदार्थमा कर बढाएर त्यसबाट संकलन भएको रकम वीर अस्पताल लगायतका अस्पतालमा उपचार गर्न अनुदान दिइने बताएका हुन् ।

उनले सूर्तिजन्य पदार्थको करबाट उठने रकम क्यान्सर लगायतका रोगमा मात्र खर्च गर्ने व्यवस्थालाई परिवर्तन गरिने समेत सुनाए । यस्तै, जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मन्त्रालय भएकाले जिम्मेवार भएर सबै मातहतका निकायसँग एकै साथ काम मन्त्री बस्नेतको भनाइ छ । स्वास्थ्य मन्त्रालय जनताको जिउ ज्यानलाई ध्यानमा राखेर काम गर्र्ने मन्त्रालय भएकाले जिम्मेवार भएर काम गर्ने उनले सुनाए ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *