Search
Close this search box.
Search
Close this search box.

सेयर बजार २५ अंकले बढ्यो, परिसूचक २६ सय ३६ अंकमा

काठमाडौं। साताको अन्तिम दिन आज बिहीबार सेयर बजार २५ अंकले बढेर बन्द भएको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो।

नेप्सेमा २५ अंकको वृद्धिसँगै नेप्से परिसूचक दुई हजार छ सय ३६ अंकमा पुगेर रोकिएको छ। यस क्रममा एक करोड ९४ लाख कित्ता सेयर किनबेच भएर आठ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ।

EPIC EPIC

बजार बढे पनि आज कारोबार भएका १२ मध्ये चार समूहमा गिरावट आएको छ। आज बीमा कम्पनीसहित लघुवित्त र होटल समूह घटेका छन्।

यसअघि लामो समय नेप्से उचालेका बीमा समूहमा सुस्तता देखिएको छ। जीवन बीमा १०७ र निर्जीवन बीमा कम्पनी समूहको सूचक ५१ अंकले घटेका छन्।

यस्तै, व्यापार समूह सबैभन्दा बढी ८२ अंक, विकास बैंक समूह ५३ अंकले बढेका छन्। यीसहित बैंक, जलविद्युत्, वित्त, उत्पादनमूलक, अन्य र म्युचुअल फण्ड समूहसमेत बढेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *