Search
Close this search box.
Search
Close this search box.

स्काउटको चौथौं प्रादेशिक ज्याम्बोरेट विराटनगरमा हुने

झापा।

प्रदेश स्काउट कार्यालय,कोशीको आयोजनामा आगामी माघ २५ देखि माघ २८ सम्म “अनुशासन र एकता, समृद्धिको आधार ” भन्ने मूल नाराका साथ चौथो प्रादेशिक ज्याम्बोरेट संचालन हुने भएको छ । विराटनगर स्थित डिग्री क्याम्पसमा आयोजना हुने ज्याम्बोरेटमा ३ हजार भन्दा बढी स्काउटहरुको सहभागिता हुनेछ । स्काउटसङ्ग सम्बन्धित विभिन्न सहासिक, मनोरञ्जनात्मक, सस्कृतिक र बौद्धिक क्रियाकलापहरु ज्याम्बोरेटमा संचालन हुने विराटनगरमा आज ७ गते आयोजित पत्रकार सम्मेलनमा ज्याम्बोरेटको बारेमा कार्यक्रमको बारे जानकारी गराइएको थियो ।
कोशी प्रदेशका सम्पुर्ण स्थानीय तहबाट छनोट भएका स्काउटहरु कार्यक्रममा सहभागी हुनेछन साथै अन्य ६ वटा प्रदेशवाट प्रतिनिधिमुलक रुपमा स्काउटहरुको सहभागिता हुनेछ । ज्याम्वोरेटमा स्काउटमा सम्लग्न ११ वर्षदेखि १६ बर्षसम्मका स्काउट विधार्थीहरु सहभागी हुनेछन्।

EPIC EPIC EPIC

ज्याम्बोरेट स्काउटहरुको भेला हो । हरेक ४/४ वर्षमा आयोजना हुने ज्याम्बोरेट नयाँ प्रादेशिक संरचना पछाडीको यो पहिलो ज्याम्बोरेट हो ।
ज्याम्बोरेट सम्पन्न गर्नका लागि प्रदेश प्रमुख आयुक्त हेमन्त भणडारीको अध्यक्षता १३ सदस्यीय आयोजक कमिटी बनेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
ज्याम्बोरेटको व्यवस्थापकीय सल्लाह सुझाब दिनको लागि कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक माननीय हिक्मत कुमार कार्कीज्युको संरक्षकत्वमा सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईज्युको अध्यक्षता रहेको सल्लाहकार समिति गठन गरिएको छ ।
ज्याम्बोरेटको तयारीका लागि २५ वटा विभिन्न उपसमितिहरु बनाएर काम अगाडी बढाइएको र ज्याम्बोरेटका क्रियाकलापहरु संचालन गर्न २०५ जनाको सर्भिस टिम बनाइ तयारीलाई तिब्रता दिइएको प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *