स्कुटर चोरी गर्ने तीन पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्कीको मादी गाउँपालिका वडा नं ३ घर भइ हाल पोखरा बस्दै आएका २७ वर्षीय किरन परियार, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ५ का ३० वर्षीय प्रहलाद कोहार र पोखरा महानगरपालिका वडा नं ११ का २६ वर्षीय सन्तोष लामिछाने छन् ।

EPIC EPIC EPIC

प्रहरीका अनुसार पुस ९ गते राति १२ बजेतिर पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग२५प ७१३ र ग१८प २७३७ नम्बरको स्कुटर हराएको थियो ।

वडा प्रहरी कार्यालय बैदामको टोली परिचालित भइ स्कुटर खोजी गर्दा स्कुटर चोरीमा संलग्न भएको आशंकामा पुस १८ गते सन्तोष र किरन पक्राउ परे ।

उनीहरुले नै सुस्ताका कोहारलाई स्कुटर विक्री गरेको बताएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) को सहयोगमा कोहारलाई पनि पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट डाँका चोरीको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *