Search
Close this search box.
Search
Close this search box.

स्थानीय पर्यटन प्रवर्द्धनका लागि कचनकवलमा राप्रपाको धार्मिक पदयात्रा

कचनकवल, २८ साउन। स्थानीय पर्यटन प्रवर्द्धन गरौं भन्ने मुल नारासहित सोमबार झापाको कचनकवलमा धार्मिक पदयात्रा तथा जल अर्पण कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कचनकवलको आयोजनामा सम्पन्न यो पदयात्रामा झापाका विभिन्न स्थानबाट आएका दर्शनार्थीहरुको बाक्लो सहभागीता रहेको थियो।

पदयात्रामा कोशी प्रदेश सांसद निमसरी राजवंशी, राप्रपा केन्द्रिय सदस्य अन्जार आलम, र हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, राप्रपा कचनकवल गाउँपालिका कमिटी अध्यक्ष लक्ष्मीनारायण यादव, राप्रपा कचनकवल गाउँ कमिटी पूर्व अध्यक्ष रविचन्द्र ओझा लगायतका दलका प्रतिनिधिहरु उपस्थित थिए। यस धार्मिक पदयात्राले धार्मिक सहिष्णुता र सामुदायिक एकता सँगसँगै स्थानिय पर्यटनको प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

EPIC EPIC EPIC

पदयात्रा कचनकवल-२ स्थित बगान बजारबाट सुरु भई कचनकवल-१ स्थित भूतेश्वर शिवालय मन्दिरमा पुगेर समापन भएको थियो। यात्रा अवधिभर सहभागीहरुले धार्मिक गीत-संगीत गाउन र भजनकीर्तन गर्न भ्याए। मन्दिरमा पुगेर दर्शन र पूजापाठ गरी यात्रा विधिवत रूपमा समापन गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *