स्याउ बिमा रकम नपाएकोमा आक्रोशित जुम्लाका किसान सडकमा

जुम्ला — स्याउ बिमाको रकम भुक्तानीको माग गर्दै जुम्लाका किसानहरु सडकमा उत्रिएका छन् । उनीहरुले तत्काल स्याउ बिमा बापतको रकम पाउनुपर्ने र यो बर्षको स्याउको समेत बिमा गर्न माग गरेका हुन् ।


जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष सकिन लाग्दासमेत बिमा गरे बापतको रकम भुक्तानी हुन नसकेकोमा आक्रोश पोखेका हुन् । उनले भने, ‘जुम्ला स्याउको जिल्ला हो । स्याउमा खडेरी र असिनाले क्षति पु¥याएरमा क्षतिपूर्ति पाउने गरी स्याउ बिमा गरिएको थियो । सो बापतको रकम अहिलेसम्म पाउन सकेनौं ।’
उनीहरुले सदरमुकाम खलंगाको बालमन्दिर नजिकैबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै जुलुस निकाले । स्याउ बिमा पहल समिति संयोजक खड्कबहादुर सेजुवालले किसानलाई बिमा बापतको रकम दिन आलटाल गरेकोमा दुःख व्यक्त गरे । उनले भने, ‘बिमा रकम तत्काल उपलब्ध गराउनुपर्ने धेरैपटक माग राख्यौं । तर बिमा कम्पनीले अटेर गरेकोले सडकमै उत्रिएर आन्दोलनका कार्यक्रम सुरु ग¥यौं ।’ गत वर्ष खडेरीले स्याउ फलेन र फलेको स्याउ पनि असिनाले झारिदिएको थियो । बिमा रकम नदिएर किसानलाई राज्यले अपमान गरेको किसानहरुको ठहर छ ।

EPIC EPIC EPIC EPIC EPIC


संयोजक सेजुवालले भने, ‘स्याउको बिमा गर्दा किसानहरु उत्साहित थिए तर अहिले नपाउँदा निरुत्साहित बन्नु परेको छ ।’
बिमा रकम उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरुले किसान सञ्जाल बनाएका छन् । सञ्जालले स्याउ बिमाको लागि मात्र पहल गर्ने नभई कृषिसँग सरोकार राख्ने कार्यालय र संघसंस्थाको समेत निगरानी गर्नेछ ।
आर्थिक वर्ष सकिँदैछ । अहिलेसम्म पर्खेर हे¥यौं,संयोजक सेजुवालले भने,‘प्रतिक्षाको घडी सकिनलाग्यो । अनि आन्दोलनका कार्यक्रमतिर लाग्यौं ।’ एक हप्ताभित्र बिमाको निचोड निस्किएन भने शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा ताला लगाउने चेतावनी समेत दिएका छन् ।
जुम्लाबाट प्रदेश र प्रतिनिधिसभा सांसदहरुसँग सहयोग मागेर बिमा कम्पनीविरुद्ध मुद्दासमेत दिने जुम्लाका किसानहरुले जनाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *