Search
Close this search box.
Search
Close this search box.

स्वास्थ्य बीमा लागू भएका झापाका अस्पतालबाट बीमाको औषधी पाउनै मुस्किल

झापा (पालिका सन्देश) । झापामा स्वास्थ्य बीमा लागू भएका अस्पतालहरुबाट पाइने बीमाका औषधीहरु निजि क्लिनिकहरुबाट खरिद गरेर ल्याउनु परेको झापा बुद्धशान्तिकी कल्पना खतिवडाले बताएकी छिन् । सामान्य छालाको समस्याले उपचार गर्न विमा लागू भएको झापाको एक अस्पताल पुगेकी उनले औषधी बीमाबाट नपाएको गुनासो गरेकी छिन् ।

सरकारी अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार एक सय तेत्तिस किसिमका औषधी निःशुल्क पाउने व्यबस्था छ तर स्वास्थ्य बीमा गराएका बिरामीले विमा सुविधामार्फत औषधी पाउन निकै मुस्किल पर्दै आएको छ  । सरकारी अस्पतालका फार्मेसीमा औषधी नपाउँदा धेरै प्रकारका औषधी बाहिरका फार्मेसीमा महँगो मूल्यमा खरिद गर्न बिरामी बाध्य भएका छन् ।

EPIC EPIC EPIC


बिर्तामोडको एक अस्पतालमा उपचार गर्न पुगेका अर्जुनधाराका सञ्जय शर्माले छ हजारको औषधी खरिद गर्दा चार हजार बढीको औषधी विमा बाहिरबाट खरिद गर्नुपरेको बताए । उनले स्वास्थ्य बीमा नाम मात्रको रहेको गुनासो गर्दै भने, “बीमामार्फत उपचार गर्दा सबै औषधी बाहिरबाट खरिद गरेर ल्याएपछि स्वास्थ्य बीमाको अर्थ खै ? ।”


स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले स्वास्थ्य बीमामार्फत एक हजार एक सय तेत्तिस किसिमका औषधी स्वास्थ्य विमा बोर्डले सूचीकृत गरेकाले ती औषधी स्वास्थ्य बीमा लागु भएका अस्पतालबाट निःशुल्क पाइने बताइन् । कँडेलले भनिन्, “आँखा, मुटुलगायतका स्पेसल अस्पतालहरूमा भने सबै प्रकारको औषधी नपाइन सक्छ, आँखा अस्पतालमा आँखासम्बन्धी मात्र औषधी पाइन्छ भने मुटु अस्पतालमा मुटुसम्बन्धी मात्र औषधी पाइन्छ ।”


झापाका अधिकांश स्वास्थ्य बीमा लागु भएका अस्पतालमा पनि स्वास्थ्य बीमाले सूचीकृत गरेका सबै औषधी पाइँदैनन् । स्वास्थ्य बीमा लागू भएका झापाका अस्पतालका सञ्चालकहरुले पनि सबै औषधी भने नपाउने गरेको स्वीकार गरेका छन् । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैलीमा भदौ महिनादेखि एक हजार एक सय तेत्तिस बाट बढाएर एक हजार दुई सय नब्बे प्रकारका औषधी निःशुल्क पाउने व्यवस्था गरेको छ । अस्पताल टिकट रु. ५० तोकिएको छ । शय्याको प्रतिदिन रु. दुई सय ५० राखिएको छ । यसअघि साधारण शय्याको रु. दुई सय थियो ।


स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँचजना परिवारसम्मका लागि रु. तीन हजार पाँच सय बराबरको योगदानका आधारमा रु. एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य रु. सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु. २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु. दुई लाखसम्म तोकिएको छ । बीमा कार्यक्रममा कूल विमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कूल विमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *