Search
Close this search box.
Search
Close this search box.

स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सुविधा

काठमाडौं । अब महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा सोसम्बन्धी समझदारी भएको छ । मन्त्री पौडेलले विपद् प्रभावित काभ्रेको रोशी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकासँग सेवाको कदरस्वरूप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गर्नुभएको थियो ।

केही समयअघि उहाँले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरूलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गर्नुभएको थियो । सोहीअनुसार महासंघ सहमत भएपछि शुक्रबार मन्त्रालयमा उक्त समझदारी भएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ । कात्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा महासंघ अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाउनुभएको छ ।

EPIC

मन्त्री पौडेलले भन्नुभयो, ‘महिला स्वास्थ्य स्वयंसेविकाले देशको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानलाई सम्मान गर्न यो निर्णय महŒवपूर्ण छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गर्दछु ।’ उहाँले स्वास्थ्य स्वयंसेविकालाई थप सहयोग के गर्न सकिन्छ भनेर आफूहरू चिन्तित रहेको पनि बताउनुभयो ।
महासंघ अध्यक्ष स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सुविधा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले निकै महŒवपूर्ण निर्णय भएको भन्दै मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो हाम्रा लागि ठूलो निर्णय हो, मन्त्रीज्यू र यातायात व्यवसायीलाई धन्यवाद ।’

उक्त सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले जानकारी दिनुभयो । मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ । जसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासंघले उल्लेख गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *