हल्दिबारी–४ बालमैत्री वडा घोषणा

हल्दिबारी। झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ लाई आज औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको छ।

घोषणा कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउँदै वडा नं. ४ का अध्यक्ष सन्तकुमार थापालाई बालमैत्री वडाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। सो अवसरमा जिल्ला समन्वय समिति झापा र हल्दिबारी गाउँपालिकाले समेत वडा नं. ४ लाई कदरपत्र प्रदान गरेका छन्। बालमैत्री अभियानमा योगदान पु¥याएका विभिन्न संघ संस्था र व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

EPIC EPIC EPIC

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख बिष्टले बालमैत्री अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, कोशी प्रदेश सरकारले हल्दिबारी–४ मा बालमैत्री कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रदेश सभा सदस्य छवीलाल चुडाल, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), पूर्व गाविस सचिव मुरारी पोखरेल, बाल सञ्जाल हल्दिबारीका निवर्तमान अध्यक्ष पवन गिरी तथा कार्यपालिका सदस्य शान्ता शिवाकोटीले शुभकामना मन्तव्य राख्नुभएको थियो।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले पालिकालाई बालमैत्री घोषणा गर्ने अभियानको पहिलो चरणका रूपमा वडा नं. ४ लाई बालमैत्री वडा घोषणा गरिएको जानकारी दिनुभयो। उहाँले क्रमशः पालिकाका सबै पाँच वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्य रहेको उल्लेख गर्दै बालमैत्री पालिका निर्माणमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

वडा अध्यक्ष सन्तकुमार थापाले २०८० सालदेखि बालमैत्री वडा निर्माण अभियान सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बालमैत्री वडा घोषणा गर्न आवश्यक ५१ सूचक पूरा गरिएको छ। साथै, वडाका एक हजार दुई सय ६३ घरपरिवारका पाँच हजार आठ सय १० नागरिकलाई बालमैत्री अभियानबारे जानकारी गराइएको छ।

कार्यक्रममा वडा सदस्य भगिरथा दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यार्थी सृष्टि पौडेल र युनिषा न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए। जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीयबासी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *