हल्दिबारीका चिया बगानमा ‘लुपर’ किराको प्रकोप

जथाभावी विषादी प्रयोगले समस्या झनै गहिरिँदै

हल्दिबारी। झापाको हल्दिबारी गाउँपालिकाका चिया बगानमा ‘लुपर’ नामक कीराको महामारी फैलिएको छ। हरियो पत्ती उत्पादनको मुख्य समयमा फैलिएको यस प्रकोपले किसानलाई ठूलो आर्थिक क्षति पुर्‍याएको छ।

गाउँपालिकाको कृषि शाखा प्रमुख छविलाल गुरुङका अनुसार पालिकाका पाँच वडामा फैलिएको करिब १५०० बिघा क्षेत्रफलमा कीराको प्रकोप देखिएको हो। “किसानको सूचनापछि बगान अनुगमन ग¥यौं, अधिकांश बगानमा पात सुक्ने र पहेँलिने अवस्था देखिएको छ,” गुरुङले जानकारी दिनुभयो।

EPIC EPIC EPIC EPIC EPIC

चिया किसान गोपाल गिरीका अनुसार वैशाखदेखि सुरु भएको कीराको प्रकोप हाल महामारीको रूप लिएको छ। “पहिले ‘रेड स्पाइडर’ कीराले समस्या बनाउँथ्यो, तर यो पटक ‘लुपर’ ले बोट सुकाउने गरी असर गरेको छ,” उहाँले भन्नुभयो।

‘लुपर’ कीरा झुसिल कीरा वा फौजी कीराको प्रजातिमा पर्छ, जसलाई ‘टि लुपर’ वा ‘लुपर क्याटरपिलर’ पनि भनिन्छ। यसका पुतलीले पातमा अण्डा पार्छन्, जसबाट निस्कने लार्भाले चियाको कोमल पात खाएर बोटलाई झिक्रा बनाइदिन्छ।

किसान नवीन मैनालीका अनुसार साउन लागिसक्दा पनि किरा नियन्त्रणमा आउन सकेको छैन। “किराले पात खाएर बोट पूरै झिक्रा बनाइदिएको छ,” उहाँले गुनासो गर्नुभयो।

कृषि शाखा प्रमुख गुरुङले किसानले परामर्श नलिई जथाभावी विषादी प्रयोग गरिरहेकाले समस्या झनै गम्भीर भएको बताउनुभयो। “किराले विषादी सहन सक्ने शक्ति विकास गरेको देखिन्छ,” उहाँले भन्नुभयो। पालिकाले चिया किसान, सहकारी संस्था र उद्योगीहरुलाई बोलाएर समस्या समाधानका लागि अन्तरक्रिया गर्ने तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो।

यसैबीच, पालिका अध्यक्ष रवीन्द्र लिङ्देनले प्रभावित बगानको निरीक्षण गर्दै पालिकाले प्रकोप नियन्त्रणमा आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले किसानलाई स्प्रे ट्याङ्की वितरण गर्ने घोषणा समेत गर्नुभयो।

वैशाखदेखि साउनको समय हरियो पत्ती उत्पादनको मुख्य सिजन मानिन्छ। तर, यसपालि चिया किसानहरूले कीराको कारण पत्ती टिप्न नपाएको र करोडौं रुपैयाँ बराबरको क्षति भएको बताएका छन्।

हल्दिबारीमा डाँफे टी प्रोसेसिङ, हल्दिबारी चिया बगानलगायत सात वटा ठूला चिया बगान छन्। साथै, पाँच सयभन्दा बढी परिवारले निजी बगान सञ्चालन गरिरहेका छन्। तीमध्ये धेरैले सहकारीमार्फत आफ्नै चिया प्रशोधन केन्द्र पनि सञ्चालनमा ल्याएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *