हल्दिबारीमा लोपोन्मुख मेचे जातिको पर्व ‘बैशागु बथर’ भव्य रूपमा मनाइयो

झापा – झापाको हल्दीबारी गाउँपालिका–४ ऐनाबारीमा मेचे समुदायको महान पर्व बैशागु बथर आज विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

हाज्रोङ्गा बलिखुङ्गी शिव–पार्वती मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विशुलाल मेचेको अध्यक्षता रहेको थियो। कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री माननीय पाचकर्ण राई प्रमुख अतिथि थिए।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रममा प्रदेश सांसद छवि चुडाल, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं ४ का अध्यक्ष सन्तकुमार थापा, वडा नं १ का अध्यक्ष देवीबहादुर थापा, वडा सदस्य प्रकाश कार्की, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा, कुलबहादुर वान्तवा, नेकपा एमाले अध्यक्ष त्रिलोचन सापकोटा, नेकपा माओवादी केन्द्र उपाध्यक्ष बिजय लावती, राप्रपा गाउँ समिति अध्यक्ष एकराज रानामगर, पूर्व मेचे सिवियारी अफातका अध्यक्ष सन्तलाल मेचे, सन्थाल समाज झापाका अध्यक्ष लखन हेमरम, एकता बहुउद्देश्यीय सहकारीका अध्यक्ष हरीकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो।

प्रमुख अतिथि राईले मेचे समुदायको मौलिक संस्कृति र भेषभूषा संरक्षणमा मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले लोपोन्मुख अवस्थामा रहेको मेचे जातिको संस्कृति जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।

प्रदेश सांसद छवि चुडालले झापा र मोरङमा रहेको मेचे समुदायको अद्वितीय कला र साहित्य संरक्षण गर्न आवश्यक पहल गरिने प्रतिवद्धता जनाए।

गाउँपालिका अध्यक्ष लिङदेनले हल्दीबारीमा बहुसंख्यक रहेको मेचे समुदायको पर्व बैशागु बथरलाई स्थानीय तहले प्राथमिकता दिँदै बजेट विनियोजन गर्ने र स्थानीय बिदा दिने निर्णय गर्दै आएको बताए। साथै, जातीय भेषभूषा तयारीका लागि प्रदान गरिएको सहयोगलाई आगामी दिनमा निरन्तरता दिने उनले उल्लेख गरे।

कार्यक्रममा एमालेका सापकोटा, माओवादी केन्द्रका लावती र राप्रपाका रानामगरले पनि मन्तव्य राखेका थिए।

कार्यक्रम सन्तलाल मेचेको स्वागत मन्तव्य र दिपा मेचेको सञ्चालन मा सम्पन्न भएको थियो।

कार्यक्रममा भारत असमबाट आएका कलाकारहरू, साथै स्थानीय सन्थाल नाच र चण्डीनाच समेत प्रस्तुत गरिएको थियो।

यसैबीच, आजबाटै हल्दीबारी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा मेचे जातजातिको भेषभुषा बनाउने तालिम पनि उद्वाटन गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *