हल्दीबारी–३ मा भुसुडी खोलाको पक्की पुल उद्घाटन

हल्दीबारी। हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वन क्षेत्रअन्तर्गत भुसुडी खोलामा निर्माण गरिएको पक्की पुल आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। काठे पुल विस्थापन गर्ने गाउँपालिकाको योजनाअनुसार निर्माण भएको सो पुलको उद्घाटन गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्त रूपमा गरे।

उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), विभिन्न वडाका जनप्रतिनिधि, शाखा प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय बासिन्दा र कर्मचारीहरूको उपस्थिति थियो।

EPIC EPIC EPIC

२६.८ मिटर लम्बाइको सो पुल १ करोड ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। भुसुडीका दुई र भुतेनी खोलाको एक गरी तीनवटा पुलको एकमुष्ट ठेक्का ४ करोड ६७ लाख ५४ हजार ८८७ रुपैयाँमा सारा सृष्टि निर्माण सेवा प्रा. लि. लाई दिइएको थियो। भुतेनी खोलाको पुल सञ्चालनमा आइसकेको छ भने भुसुडी (लक्ष्मी मा.वि. पूर्व) पुल निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।

२०७९ साल मंसिर ७ गतेदेखि निर्माण कार्य सुरु भएको यो पुल जलथल पर्यटकीय मार्गमा पर्ने भएकाले स्थानीयवासीका लागि आवागमनमा सहजता पुगेको छ। गाउँपालिकाले यस पुललाई ग्रामीण विकास र यातायात सञ्जाल सुदृढीकरणको दृष्टिले महत्वपूर्ण उपलब्धि मानेको छ।

सिमित स्रोतका बाबजुद गाउँपालिकाको आफ्नै बजेटमा निर्माण सम्पन्न गरिएको पुल स्थानीय बासिन्दा र सरोकारवालाको सहयोगबाट सफल भएको अध्यक्ष लिङदेनले बताए। कार्यक्रममा आयोजना लागत र प्राविधिक पक्षबारे प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *