हाइटेन्सनको तार चुँडिदा आँगनमा बसेका बज्यै र नातिको मृत्यु

तुलसीपुर : दाङमा करेन्ट लागेर एकै घरका दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीका अनुसार शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युत्‌को तार चुँडिएर करेन्ट लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै करेन्टबाट ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएको र उनलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *