- सीता खरेल
मलाई कहिलेकाहिँ प्रश्न गर्न मन लाग्छ अनि कहिलेकाहिँ आफैंले आफैंलाई प्रश्न सोध्ने पनि गर्छु । ´के म सुन्दरी छु?`या मलाई बनाउने कुनै चिज छ त्यो प्रकृतिमा ?
यीनै प्रश्नहरु आफैंलाई सोधेर केहिछिन् मौन हुने गर्छु अनि सोच्छु कि,मानिस जन्मन्छ अनि विबिध रहर अनि सपना बोक्दै आमाको न्यानो काखमा हुर्कन्छ बालापनमा त्यो कलिलो शरीर, चम्किला आँखा अनि सुहाउँदो शारीरिक बनोटमा त्यो बालक वा बालिकालाइ मन नपराउने मानिस कोहि हुँदैन कहिले बालकलाई स्पर्श गरेर आफ्नो नजरमा ल्याउ भन्ने अनेकको चाहाना हुन्छ र जुन बालापन देखि युवाअवस्था सम्म त उसको त्यो उमेरले नै मानिसलाई धपक्क बनाउँछ ।
त्यो समयमा अनेक थरिका तर्क सुन्नु पर्ने हुन्छ । अनि कति खुशिको अनुभुती पनि हुन्छ अझ हामी नारी लाई त बढिनै प्रशंसा आउने गर्छ । चाहे मन सुन्दर होस या नहोस बाहिरी बनोट सुन्दरताको अनेकौ प्रशंसाको भारी नै हुन्छ ।
“सुन्दर “शब्द सुन्दै मलाई चाहिँ अति खुशी र आनन्द महशुस हुने शब्दले जो कोहिलाई नै सुन्दर शब्द सुन्दा मनै देखि सकारात्मक सोच जागेर आउँछ र यो स्वभाविक पनि हो । भनिन्छ ती युवा अबस्था मानिसहरुको एक आकर्षित केन्द्र पनि हो ।
यो अवस्था मा मानव एक अर्का प्रती आकर्षित हुने गर्छ किनकि उसको उमेर नै सुन्दर छ। मानव आफैमा सुन्दर होइन किनकी जुन बालकदेखी युवाअवस्था सम्म देखिने सुन्दरता नै उसको सुन्दर उमेर भएको कारणले हो ।
यदि मानिस आफैँ सुन्दर हुन्थ्यो भने बालापन् देखि युवा अवस्था सम्मको त्यो चम्किलो अनुहार वृद्ध अवस्थामा पनि देखिनुपर्ने होइन र ? हो तेसैले हाम्रो घरका वृद्ध बुबा आमालाई चाहिँ हामी बुढेसकालमा किन सुन्दर भन्दैनौ त ??किनकी उहाहरुको उमेर सुन्दर छैन । उहाँहरुको त्यो बालक देखि युवा अवस्था मा देखिने चम्किलो अनुहार छैन । आज तेसैले म भन्छु हामी मानव सुन्दर होईन ´हाम्रो उमेर सुन्दर हो ।`