Search
Close this search box.
Search
Close this search box.

हाम्रो आवाज त सुनिदेउ, तिमी कता छौ सरकार ?

नेत्र मिश्र(इजरायल )– वार्षिक करिव ८ अर्बभन्दा बढीको कृषिजन्य समाग्री भारत बाट आयत गरिरहँदा नेपाललाई कृषिप्रधान देश भनेर भन्नमा असहजता सृजना भएको छ ।

नेपालका करिब ८०% मानिसहरु कृषि पेसामा संलग्न भएतापनि चामल, तेल, हरियो सागसब्जी र फलफूलहरु जस्ता अति आवश्यक खाद्यान्नको लागि छिमेकी मुलुकहरुको मुख ताक्नु पर्ने बाध्यात्मक परिस्थिति नेपालमा छ । आखिर यो सब किन ? अनि कहिले सम्म ? सरकारलाई मेरो प्रश्न -यिनै नेपाली युवाहरूको श्रम र सिपबाट खाडी मुलुकहरुले मरुभूमि पनि हराभरा बनाए तर मेरो स्वर्ग जस्तो प्रकृतिले बरदान दिएको देश आखिर किन मरुभूमि बन्दैछ ?

EPIC EPIC

अबको सरकारले युवाहरूलाई देश मै अवसर सृजना गर्नु पर्छ यसरी वर्षीक ५ लाख भन्दा बडि युवालाई खाडी मुलुकको हतियार बनाइयो भने देशले निकट भविस्य मै ठुलो सङ्कट बेहोर्नु न पर्ला भन्न् सकिन्न ।

हामीले यहाँ पद्धति सिकेका छौँ ,लगनशीलता र उत्पादनको आइडिया हामी संंग प्रसस्त छ तर चरम गरिबीको रेखामुनि बाट सुरुगर्ने हाम्रो व्यवसायमा लागानी गर्ने लगानीकर्ता र जोखिम बहन गर्ने अभिभावकको खाँचो छ ।

आधुनिक कृषि प्रणालीको अध्यन र अभ्यासका निमित्त (earn and learn )कार्यक्रम मार्फत इजरायल सरकारले बर्सेनि करिब ६०० भन्दा बढी कृषिमा क्रान्ति गर्न सक्ने दक्ष सिपाही उत्पादन गर्न सहयोग गरेको छ ।यदि यो जनशक्तिलाई नेपाल सरकारले ब्यबस्थापन गर्न सके बिदेशीने युवाको संख्यालाई घटाएर र कृषिप्रति युवा आकर्षणलाई बढाउन सकिन्छ भन्ने हाम्रो बुझाइ छ ।

भौगोलिक वातावरणको दृस्ठिकोणबाट हेर्दा कृषिमा सम्भावनै -सम्भावना बोकेको मेरो देसले आजैबाट कृषि क्रान्ति सुरुगरे अर्थतन्त्रमा ठूलो परिवर्तन हुनका साथै देश छिट्टै आत्मानिर्भर बन्न सक्छ भन्ने हाम्रो दृढ़ बिश्वास छ । हामीले यहाँ पद्धति सिकेका छौँ ,लगनशीलता र उत्पादनको आइडिया हामी सङ प्रसस्त छ तर चरम गरिबीको रेखामुनि बाट सुरुगर्ने हाम्रो व्यवसायमा लागानी गर्ने लगानीकर्ता र जोखिम बहन गर्ने अभिभावकको खाँचो छ ।

नेपाल सरकारले बजार व्यवस्थापन र जोखिम बहन गर्न सक्ने वातावरण सृजना गरिदिए नेपाललाई हामी साँच्चै कृषिप्रधान देश हो भनेर गौरव गर्न योग्य बनाउँछौ ।हामीले हाम्रो उमेर र पसिना संग साटेको सिपले देश बनाउछौँ। हाम्रा सन्ततिहरुको भविष्य हाम्रै माटोमा सुनिश्चित गर्छौं ।हाम्रो आवाज त सुनिदेउ । तिमि कता छौ सरकार ?
( लेखक झापा निवासी हुनुहुन्छ, हाल इजरायलमा आधुनिक कृषिको अध्ययन् र अभ्यासको क्रममा हुनुहुन्छ ।)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *