हिमताल फुटेर हुम्लाको तिलगाउँ जोखिममा, सरकारको अनुपस्थितिप्रति प्रचण्डको ध्यानाकर्षण

हुम्ला — हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेपछि लेदोसहितको ठूलो पहिरो जाँदा बस्ती जोखिममा परेको छ। पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको छ भने स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा छन्।

सरकारी उपस्थिति नदेखिएकोप्रति चिन्ता व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर ध्यानाकर्षण गराएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

‘हिमताल फुटेर पहिरो आएकोले वस्ती जोखिममा परेको छ। तर अहिलेसम्म सरकारको उपस्थिति छैन, जसले अवस्था झन गम्भीर बनाएको छ,’ प्रचण्डले भने, ‘तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले जलवायु परिवर्तनको असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले राजधानीमै सीमित बहस नगरी प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीमा जोड दिनुपर्नेमा समेत जोड दिएका छन्। साथै, प्रचण्डले पार्टी पंक्तिलाई आवश्यक सावधानीसहित उद्धारमा जुट्न निर्देशनसमेत दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *