हुलाकी राजमार्गको एक लेन खुला राख्ने सर्तमा बिस्कुन सुकाउन पाइने

मोरङको रंगेली नगरपालिकाले हुलाकी राजमार्गलगायतका सडकमा बिस्कुन (अन्नवाली) सुकाउन दिने भएको छ । सडकमा गाई-भैँसी तथा अन्य सामग्री राख्दा दुर्घटनाको कारक बनेको गुनासो बढिरहेका बेला नगरपालिकाले सडकमा बिस्कुन सुकाउन दिने सर्वदलीय गरेको हो ।​

यात्रुवाहक तथा मालवाहक सबैखाले सवारी साधन गुड्ने व्यस्त सडकमा समेत नगरपालिकाले बिस्कुन सुकाउन दिने सहमति गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

नगरपालिकाकी उपप्रमुख झुमाकुमारी पराजुली, प्रशासकीय अधिकृत प्रदीप साह, नेपाली कांग्रेसका जागरनाथ मण्डल, एमाले अध्यक्ष राम चिमौरिया, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि प्रल्हादकुमार खतिवडा, किसान प्रतिनिधि लक्ष्मण साह र रंगेली प्रहरी प्रतिनिधिसहितकोको सर्वदलीय बैठकले बिस्कुन सुकाउन दिने सहमति गरेको हो । 


सर्वदलीय सहमतिअनुसार ​हुलाकी राजमार्गको एक लेन सडक नढाक्ने गरी मकै सुकाउन पाइने छ ।

सडक ढाकेर बिस्कुन सुकाउँदा दुर्घटनाको सम्भावना बढ्नसक्ने भन्दै नगरपालिकाले सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको थियो ।​

कसरी भयो बिस्कुन निषेध 

रंगेली नगरपालिका– ७ निचामारीमा जेठ ५ गते एक १३ वर्षीया बालिकाको सडक दुर्घटनामा परी मृत्यु भयो । उक्त दुर्घटनाको मुख्य कारण सडकको बिस्कुन भएको निष्कर्ष निकालिएको थियो ।

बालिका अचानक सडक पार गर्न लाग्दा दुर्घटना भएको थियो। सडक पूरै मकैले ढाकिएको हुँदा चालकले बालिकालाई बचाउन नसकेको निष्कर्ष निकालिएको थियो ।

घटनापछि अनुसन्धान गर्दा सडक पूरै मकैले ढाकिएको र अचानक बाटो काटेकी बालिकालाई चालकले बचाउन नसकेका निष्कर्ष निकालिएको थियो ।

त्यसैको आधारमा रंगेली नगरपालिकाले सडकमा बिस्कुन सुकाउन पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *