हेटौँडामा इन्जिनियरिङ क्याम्पसको आवश्यकता : सभापति सिंह

मकवानपुरका प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले हेटौँडामा इन्जिनियरिङ क्याम्पसको आवश्यकता रहेको औँल्याउनु भएको छ । 

मकवानपुर बहुमुखी क्याम्पसको १७औँ क्याम्पस सभालाई सम्बोधन गर्दै उहाँले जिल्लाका विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि अन्यन्त्र धाउनुपर्ने समस्यालाई दृष्टिगत गर्दै औद्योगिक नगरी हेटौँडामा इन्जिनियरिङ कलेजको अवधारणाका लागि पहल गरिरहेको जानकारी दिनुभयो । 

EPIC EPIC EPIC EPIC EPIC EPIC

मयूरधाप औद्योगिक क्षेत्रको काम अन्तिम चरणमा पुगेको जनाउँदै सिंहले औद्योगिक नगर भनेर चिनिने हेटौँडामा इन्जिनियरिङ कलेज स्थापना गर्न सके दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताउनुभयो । शिक्षा क्षेत्रमा मकवानपुर क्याम्पसले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले इमान्दारिताका साथ काम गर्ने हो भने शिक्षा क्षेत्रमा मकवानपुरले इतिहास बनाउने बताउनुभयो ।  

मकवानपुरका प्रतिनिधिसभा सदस्य एंव नेकपा एमालेका सचेतक महेश बर्तौलाले निःशुल्क शिक्षा आवश्यक रहेको बताउनुभयो । सामुदायिक क्याम्पसमध्ये मकवानपुर क्याम्पसले शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले उच्च शिक्षामा पनि निःशुल्क गराउन सके कोही पनि शिक्षाबाट वञ्चित हुन नपर्ने बताउनुभयो । सचेतक बर्तौलाले विद्यार्थीहरुका लागि सहुलियत शिक्षामा सरकारले चासो राख्नुपर्नेमा जोड दिनुभयो ।  

क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षतामा भएको सभामा पौडेलले क्याम्पसका वार्षिक प्रगति प्रतिवेदन तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष हिरालाल श्रेष्ठले रू २४ करोड ९८ लाख ६९ हजार तीन सयको चालु आव २०८०/८१ को अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

लेखा समितिको प्रतिवेदन संयोजक हरिप्रसाद हुमागाईले क्याम्पसमा व्यवस्थापकीय धेरै कमजोरी रहेको बताउँदै आर्थिक अवस्थालगायत समग्र पक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । क्याम्पस सेवा समिति सभापति बद्रीप्रसाद लम्सालले सेवा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा क्याम्पसका पूर्वअध्यक्ष एवं पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतले मकवानपुर क्याम्पसको शैक्षिक अवस्थाको विषयमा भनाइ राख्नुभएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *