Search
Close this search box.
Search
Close this search box.

होमवर्क नगरेको भन्दै १० वर्षीय छात्रालाई निर्घात कुटपटि

इटहरी । इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ ।

इटहरी उपमहानगरपालिका २ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षीया सुरक्षा तामाङमाथि होमवर्क नगरेको भन्दै कम्प्युटर शिक्षक सुजन दाहालले कुटपिट गरेका हुन् ।

EPIC EPIC EPIC

घाइते बालिकाका अनुसार शिक्षक दाहालले होमवर्क गर्न नसकेको भन्दै देब्रे हातको पाखुरामा निर्घात कुटपिट गरेका हुन् । ‘होमवर्क गर्न नसक्दा सरले बेस्सरी पिट्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘दुख्यो भन्दा पनि पिट्न छाड्नुभएन ।’

कुटाइका कारण पीडित बालिकाको पाखुरा सुन्निएको छ भने निलडाम स्पष्ट देखिन्छ । मेडिकल जाँचका क्रममा पाखुरामा रगत जमेको पाइएको छ । चिकित्सकले केही साताका लागि औषधि दिएका छन् ।

यो घटना भएपछि कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । घाइते बालिकाकी आमा वीरमाया तामाङले कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्ने माग राखेकी छन् । ‘हामीले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका हौं, यसरी कुट्न पाइन्छ रु कुटपिट गर्ने शिक्षकमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ वीरमायाले भनिन् ।

विद्यालयका प्रधानाध्यापक देवकुमार दाहालले शिक्षकबाट कुटपिट भएको जानकारी प्राप्त भएको भन्दै वास्तविकता बुझ्ने प्रयास भइरहेको बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *