निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले १० लाख नयाँ मतदात थपिने बताएका छन् ।
बिहीबार आयोगमा आयाेजित पत्रकार सम्मेलमा उनले स्थानीय चुनावपछि नयाँ १० लाख मतदाता थपिने बताएका हुन् ।
स्थानीय चुनावमा १ करोड ७७ लाख मतदाता थिए । ‘यो संख्या बढेर १ करोड ८६ लाख पुग्ने अनुमान छ । छिट्टै तथ्यांक आउँछ,’ उनले भने ।



















