१२९ देशसँग नेपालको व्यापार घाटा

काठमाडौँ । नेपालले १२९ देशसँग घाटाको व्यापार गरेको छ ।  चालु आर्थिक वर्षको ७ महिनामा कूल १५७ देशसँग वैदेशिक व्यापार गरेको नेपालले ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रुपैयाँ घाटा व्यहोरेको हो ।

समीक्षा अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले सोही अवधिमा जम्मा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको हो ।

EPIC EPIC EPIC

यद्यपि, अघिल्लो वर्षको तुलनामा आयात र निर्यात दुबै घट्दा यता घाटा समेत केहीँ घट्न पुगेको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्ष यसै ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेर ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले ८ खर्ब २५ अर्ब ९३ करोड रुपैयाँ घाटा व्यहोरेको थियो । तुलनात्मक रुपमा यो वर्ष नेपालको व्यापार घाटा १.७७ प्रतिशतले घटेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *