काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका लागि १३ हजारभन्दा बढी शिक्षकका लागि विज्ञापन खुल्ला गरेको छ ।
माघ १३ सम्म आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ । चैत १९ देखि लिखित परीक्षाको मिति तय गरिएको छ ।
आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको सङ्ख्या नै उल्लेख गरेर १३ हजार ९३ शिक्षक माग गरेको छ ।
१८ वर्ष पूरा भइ ४० वर्ष ननाघेकाले उम्मेदवारले आयोगकै अनलाइनबाट आवेदन फाराम भर्न सक्ने छन् ।
हेर्नुहोस् विज्ञापन :