१६ वर्षकी सुस्मिता बनिन् गाउँपालिकाको एकदिने अध्यक्ष

विराटनगर – मोरङको बुढिगङ्गा गाउँपालिकामा १६ वर्षकी सुस्मिता रिशिदेवलाई एक दिने अध्यक्ष बनेकी छन् । ५७औं राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले उनलाई एकदिने अध्यक्षको जिम्मेवारी लिखित रुपमै हस्तान्तरण गरेका हुन् ।

उनलाई आर्थिक र प्रशासनिक अधिकारबाहेक साङ्केतिक रुपमा अध्यक्षको जिम्मेवारी दिइएको हो । बुढिगङ्गा २ सक्माकी सुस्मिताले अध्यक्षको पद बहालिपछि कार्यपालिकाको बैठक बस्नेछ । उनले आजै एउटा स्वास्थकेन्द्र र एक विद्यालयको अनुगमनसमेत गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले जानकारी दिए ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *