१९औँ एशियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदै

चीनको हाङ्झाउमा १९औँ एशियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ। आजदेखि असोज २१ गतेसम्म आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता रहनेछ।

प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट पहिलोपटक यति ठूलो सङ्ख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुन लागेका हुन्। यो एशियामा इतिहासकै धेरै खेलाडीहरुले पनि सहभागीता जनाउदै छन्।

EPIC EPIC EPIC

१९औं एसियाली खेलकुद उद्घाटन समारोहमा हुने मार्चपासमा निमा घर्तीमगर र वीरबहादुर महराले नेपालको झन्डा बोक्ने छन्। निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता हुन्। यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सहभागिता जनाउने कार्यक्रम छ। उद्घाटन समारोह सुरु नहुँदै पुरुष भलिबल, टेबल टेनिस र महिला फुटबल सुरु भइसकेका छन्। नेपाली समय अनुसार आज राति पौने ८ बजे सुरु हुने उद्घाटन समारोह हाङ्झाउ ओलम्पिक सेन्टरमा दुइ घण्टा चल्नेछ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च