२५ ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११, राधाकृष्णटोलका ४८ वर्षीय दिपक केसी छन् ।

उनलाई सोमबार बिहान सुनको सिक्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीका अनुसार, हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट काठमाडौं आएका दिपकलाई जाँच गर्ने क्रममा पक्राउ गरिएको हो । उनको साथबाट एउटा ल्याप्टप र पाँच थान मोबाइल बरामद गरिएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *