२६ टनको भन्सार तिरी ३० टन आलु ल्याउने चालक पक्राउ

धनगढी। भन्सार छलिको आरोपमा प्रहरीले ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएर कैलाली भन्सार कार्यालयमा बुझाएको छ । 

शनिबार बिहान धनगढी उप-महानगरपालिका ४  चटकपुरस्थित दक्षिणकाली एरियाबाट बाँकेको नेपालगञ्‍ज रुपडियानाकाबाट आलु लिएर आएको युपी ७६ ले ८२१४ नम्बरको ट्रक र चालक सतिश गुप्तालाई भन्सार छलिको आरोपमा नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए । 

EPIC EPIC EPIC

२६ टन आलुको भन्सार तिरेर ३० टन आलु ल्याएको पाइएको प्रवक्ता चन्दले बताए । उनका अनुसार चालक, ट्रक र ४  टन  आलु नियन्त्रणमा लिएर ट्रकको अनुमानित मुल्य २० लाख र आलुको मुल्य १ लाख ८० हजार गरि २१ लाख ८० हजार बराबरको सामान  नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय  कैलाली बुझाएको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *