काठमाडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । प्रारम्भिक रिपोर्टमा केही हताहतीको सम्भावना रहेको बताइएको छ ।
स्थानीय अधिकारीकाअनुसार विमानमा ६७ जना सवार थिए । विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
काजाकिस्तानको आपत्कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एअरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।
अजरबैजान एअरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै बयान आएको छैन ।