बुधबारे – कोरोना कहरको दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि बुद्धशान्ति गाउँपालिकाले तयार गरेको आईसोलेसन केन्द्र संचालन तथा संक्रमित बिरामीहरुको सेवाका लागि अमेरिकामा रहेका सन्देश चापागाईंले नगद सहयोग गरेका छन् ।
काेरोना नियन्त्रणमा बुद्धशान्ति गाउँपालिकाले खेलेको भूमिका महत्त्वपूर्ण र प्रभावकारी भएको भन्दै सन्देश चापागाईंले रु ५१ हजार सहयोग गरेका हुन् ।
पुर्खौली घर झापा बुद्धशान्ति गाउँपालिका- १ देउरालीमा रहेको र काठमाण्डौ जिल्ला मनोहरा नगरपालिका-६ मा स्थाई बासोबास गर्दै आएका ईन्द्रप्रसाद चापागाईं र जमुना देवि चापागाईंका छोरा रहेका छन् । हाल उनी संयुक्त राज्य अमेरिकामा कार्यरत रहेका छन् ।
चापागाईंले गरेको सहयोग प्रती गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले यस महामारीमा मानवीय सेवामा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको भन्दै धन्यवाद दिएका छन् ।