Search
Close this search box.
Search
Close this search box.

अर्बपतिको सूचीमा मुकेश अम्बानीको स्थान खस्कियो

नयाँ दिल्ली, एजेन्सी / सेयरमा आएको गिरावटका कारण विश्वका शीर्ष १० धनीको सूचीमा भारतका सर्वाधिक धनी मुकेश अम्बानी २ स्थान ओरालो लागेका छन् । उनी अघिल्लो पाँचौ स्थानबाट सातौ स्थानमा झरेका हुन् । फोब्र्स रियल टाइम बिलिनियरको सूचीमा मुकेश अम्बानीको कुल सम्पत्ति सोमबार करिब ४ अर्ब डलरले कमी आएको थियो । हाल उनको सम्पत्ति ७४।२ अर्ब डलर कायम भएको छ ।

फोब्र्स रियल टाइम बिलिनियर सूचीमा दैनिक पब्लिक होल्डिङमा हुने उतार–चढावको बारेमा जानकारी दिइन्छ । जब विश्वका फरक–फरक ठाउँमा सेयर बजार खुल्छ, त्यसको प्रत्येक पाँच मिनेटमा यो सूची अद्यावधी हुन्छ ।


विश्वका शीर्ष धनीको सूचीको पहिलो स्थानमा जेफ बजोस छन् । उनको कुल सम्पत्ति १७९।४ अर्ब डलर छ । उनीपछि दोस्रोमा ११३।३ अर्ब डलर सहित बर्नार्ड आरनाउल्ट छन् । ११२।८ अर्ब डलर सहित तेस्रोमा बिल गेट्स छन् । चौथो, पाँचौ र छैठौमा क्रमशः मार्क जुकरबर्ग, एलन मस्क र वारेन बफेट छन् । उनीहरुको सम्पत्ति क्रमशः ९६।७ अर्ब, ८७ अर्ब र ७६।२ अर्ब डलर छ । आठौं, नवौ र दसौमा क्रमशः ल्यारी एलिसन ७४।२ अर्ब डलर, ल्यारी पेज ७१।९ अर्ब डलर र सर्गेई ब्रायन ६९।९ अर्ब डलर छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *