Search
Close this search box.
Search
Close this search box.

अशक्तहरुको साथमा कोशी प्रदेश सरकार: मन्त्री पिके राई

बनियानी। कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले असहाय र अशक्त नागरिकहरूका लागि सरकारको समर्पण रहेको बताएका छन्। हिजो(बिहीवार) कचनकवल–४ वडा कार्यालयमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविरको अनुगमनको क्रममा पाँचौँ दिनमा मन्त्री राईले यसबारे जानकारी दिनुभयो।

मन्त्री राईले सामाजिक मन्त्रालयको आधार क्षेत्रलाई अशक्त, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक, महिला, पिछडिएका र परेका समुदायहरूमा विभाजन गर्दै, यी समूहहरूको उत्थान गर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयको रहेको बताए। उनले थप्दै, “अशक्तहरूको साथमा कोशी प्रदेश सरकार सधैं रहेको छ” भने।

EPIC EPIC EPIC

राष्ट्रिय सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य राखेर राष्ट्रिय संकल्पको मुख्य उद्देश्य अशक्तहरूलाई सशक्त बनाउनु रहेको मन्त्री राईले बताएका छन्। प्रदेश सरकारले १४ जिल्लाका अशक्त अपाङ्गलाई सेवा प्रदान गर्ने उद्देश्यले त्रिपक्षीय साझेदारीमा काम गरिरहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई सबल बनाउने योजनाबद्ध कार्यहरूको विवरण दिनुभयो। सहायक सामग्रीदेखि तालिमसम्म प्रदान गरी आत्मनिर्भर बनाउने कार्यको बृद्धि गर्ने बताए।

गाउँपालिका उपाध्यक्ष र अपाङ्गता समन्वय समिति संयोजक नवराज भट्टराईले साताब्यापी शिविरमा आज १२८ जनाले सेवा लिएको जानकारी दिनुभयो। यसमा ७८ जना पुरुष र ५० महिला रहेका छन्। तीमध्ये ७२ जनासँग अपाङ्गता परिचयपत्र रहेको उल्लेख भयो भने ५४ जनासँग छैन।

शिविरमा शारीरिक अपाङ्गता भएका ४६ जना, दृष्टि सम्बन्धी १२, श्रवण सम्बन्धी २२, बोली सम्बन्धी एक, बौद्धिक अपाङ्गता तीन, मानसिक र मनोवैज्ञानिक चार जना, अटिजम एक र बहु अपाङ्गता भएका ११ जना फेला परेका छन्।

स्थानीय तह, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशनको त्रिपक्षीय लागत साझेदारीमा जिल्लाका १५ पालिकामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै करुणा फाउण्डेशन नेपालको निर्देशक योगेन्द्र गिरीले थप व्याख्या गर्नुभयो।

शिविर अनुगमनको क्रममा मन्त्री राईले नेपालकै होचो स्थान कचनकवल स्तम्भको अवलोकनसमेत गरिएको थियो।

कचनकवल समन्वयकर्ता अन्जना लामिछाने र कार्यक्रम संचालक उमेश मिश्रले कार्यक्रममा सहजीकरण गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *