Search
Close this search box.
Search
Close this search box.

असिनाले तरकारीबाली सखाप, १० करोडको क्षती स्थानीय सरकारले बिउ दिने तयारी

तेह्रथुम –छथर गाउँपालिका–१ का दानबहादुर कार्कीले ५० रोपनीमा बन्दा, आलु, काउली र साग बाली लगाएका थिए । तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ । ७ लाख रुपैयाँ नोक्सानी भएको कार्कीले बताए । ‘आलुबाहेक बन्दाकोभी, काउली र साग टिप्ने बेला हुन लागेको थियो’, कार्कीले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो ।’ उनले अन्नबाली मासेर नगदेबालीमा तरकारी खेती गर्दै आएका छौ ।

खेतीलाई बिस्तार गर्दै यसबर्ष गतबर्षको तुलनमा केही धेरै आम्दानी लिने लक्ष्यका साथ खेती गरेका थिए । तर उनको लक्ष्य पुरा हुन पाएन । उनी जस्तै अर्का स्थानीय जंगशेर लिम्बुको ३० रोपनीमा फलेको तरकारी असिनाले चुटेर नष्ट गरि दिएको छ ।


‘बिहीबार बिहानसम्म हरीयाली रहेको तरकारीबाली सुक्रबार बिहान हेर्दा उराठ लाग्दो मरुभुमी झै देखिएको लिम्बु बताउँछन । गतबर्ष तरकारी बिक्रबिाट मात्रै १० लाख आम्दानी लिएका लिम्बुले यसबर्ष १५ लाख आम्दानी लिने सपना देखेका थिए । उनको सपना बिहीबार परेको असिनाले क्षणभर मै खरानी बनाई दियो । कार्की र लिम्बु जस्तै ग्याल्जेन सेर्पाले ३० रोपनी क्षेत्रफलमा लगाएको काउली बिक्री गर्न तयारी अवश्थामा थियो । बजारमा तरकारीको मुल्य राम्रै भएकाले आम्दानी पनी रामै्र लिने कुरमा ढुक्क थिए । तर एकाएक परेको असिनाका कारण आम्दानी लिनै नपाई उनले लगाएको तरकारी माटोमा मिल्यो । केही दिनमै बिक्री गर्न बजार लाने तयारी गर्दै थिए सेर्पा । तर असिनाले उनले उत्पादन गरेको तरकारी बजार पुर्याउन नपाई माटो मै मिलाई दिएको दुखेसो पोखे । कार्की लिम्बु र सेर्पा जस्तै यहाँका दुई बढी किसानले उत्पादन गरेको तरकारीबाली असिनाले नष्ट बनाएको छ । असिनाले तरकारी मात्रै नष्ट बनाएन बोट बिरुवा पनी उजाड बनाएको स्थानीय फुलमाया मगर बताउँछिन ।


जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र हो, छथर गाउँपालिका १ आङदिम । १० करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट भएको प्रारम्भिक तथ्यांक छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । करिव २ सय घरपरिवार किसानले लगाएका बन्दाकोभी, काउली, आलु, मटरकोसा, सागलगायत तरकारी बाली असिनाले नष्ट बनाएको छ । त्यस्तै, रोप्न तयारी अवस्थामा रहेका वेर्नालाई असिनाले क्षति बनाएको छ । असिनाले किसानका टनेल घरका प्लास्टिक मात्रै होइन किसानका घरको टिनको छानो समेत प्वाल बनाइदिएको छ । यहाँ उत्पादन भएको तरकारी नेपाल लगायत भारतका बिभीन्न भुभागहरुमा बिक्री हुँदै आएको छ ।

यहाँका किसानहरुको मुख्य आम्दानीको श्रोत नै तरकारी खेती भएकाले असिना क्षती पुर्याएपछी आर्थिक संकट हुनेमा स्थानीय चिन्तीत बन्न थालेका छन । १० रोपनी देखी ५० रोपनी क्षेत्रफलमा यहाँका किसानहरुले तरकारी खेती गर्दै आएका छन । तरकारी बिक्रीबाट मात्रै बार्षिक २ लाख देखी १५ लाख रुपैयाँ सम्म यहाँका किसानहरुले आम्दानी लिँदै आएका छन । असिनाले क्षती गरेपछी स्थानीय सरकारले यहाँका किसानहरुलाई तरकारीको बिउ प्रदान गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष तिगेलाले बताए ।


किसानहरुलाई राहातको निम्ती प्रदेश र केन्द्र सरकारमा पहल गर्ने समेत लिम्बुले बताए । गाउँ गाउँमा सडक सञ्जालहरु जोडिए सँगै यहाँका किसानहरु तरकारी बाली रोज्न थालेका हुन । किसानले उत्पादन गरेको तरकारी खरिदका लागी व्यापारीहरु घर घरमै पुगेर लैजाने गरेका छन । बजारको समस्या नभएकाले पनी यहाँका किसानहरु नगदेबाली तर्फ आकर्षित बन्दै आएका हुन ।

तरकारीको बिमाको बारे ज्ञान नभएका कारण पनी यहाँका किसानहरु थप मार्कामा पर्न बाध्य बनेका छन । ब्याबशायिक रुपमा तरकारी खेती उत्पादन गरेपनी बिमा भने कसैले गरेका थिएनन्। । यतीबला यहाँका किसान आफुले खेती गरेको तरकारीबाली बगर झै बनेको टुलटुल हेर्न बाध्य छन । सारथी अनलाईन

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *