आगलागी हुँदा जल्यो गोठमा राखेको ४ लाख रूपैयाँ!

रोल्पाको एक गोठमा आगलागी हुँदा नगद चार लाख रूपैयाँ जलेर क्षति भएको छ।

थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख नगद जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

उनका अनुसार ढुंगा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको हो। 

नोटहरूको आधा भाग जलेको अवस्थामा फेला परेको छ। आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले बताए।

चुलोमाथि दाउरा सुकाउन राखेको समयमा सोहीबाट सल्किएर आगलागी भएको शाहीले बताए। आगलागी हुँदा घरका सदस्य भने मेलापात गएका थिए।

घटना बुधबारको भए पनि घटनास्थल पुगेर फर्किन ६ घन्टा लागेको हुँदा बिहीबार मात्रै प्रहरीले घटना सार्वजनिक गरेको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *