Search
Close this search box.
Search
Close this search box.

आफ्नै साथीले खुकुरी प्रहार गर्दा युवक घाइते

घोराही। दाङको तुलसीपुरमा आफनै साथीहरुले खुकुरी प्रहार गर्दा एक युवक घाईते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–९ पातुखोलाका श्याने भनिने टोपबहादुर नेपालीमाथी आइतबार बेलुका खुकुरी प्रहार भएको हो।

खुकुरी प्रहारबाट दुवै खुट्टामा घुँडामुनि चोट लागेका नेपालीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके रिफर गरिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर बजारबाट सँगै गएका साथीहरूले नेपालीलाई तुलसीपुर–१७, मानपुरमा खुकुरी हानेका थिए। पुरानना रिसिबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ।

खुकुरी प्रहार गर्ने तुलसीपुर–९, बेलुवाका सुरज वली र सन्तोष हमाललाई प्रहरीले पक्राउ गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *