बिर्तामोड (झापा) : बिर्तामोड–५ स्थित आबद्ध बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः नन्दमान भट्टराई चयन हुनुभएको छ । संस्थाको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले भट्टराईको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा राजन वाग्ले, सचिवमा खगेन्द्र कुँवर, कोषाध्यक्षमा शान्ता विष्ट रहनुभएको छ । त्यस्तै सदस्यहरुमा खड्ग विष्ट, गौरीप्रसाद भण्डारी, चिरञ्जिवी सिग्देल, टेकबहादुर तामाङ, नरेन्द्र न्यौपाने, रुपामाया राई र हृदयकुमारी सँग्रौला चयन हुनुभएको छ ।
त्यस्तै साधारणसभाले सृजन खतिवडाको संयोजकत्वमा गोपाल चौहन र सोहनलाल राजवंशी सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ । समिति चयनका लागि पर्शुराम बुढाथोकी संयोजक र नारायण चिमरिया र बालकृष्ण सम्लागाई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष नन्दमान भट्टराईले गत आर्थिक वर्ष ०७७/०७८को वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष ०७८/०७९का लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा समितिका संयोजक दशरथ पराजुलीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनहरु साधारण सभाले सर्वसम्वत पास गरेको छ ।
आर्थिक वर्ष ०७७/०७८ संस्थाको कुल वासलात २१ करोड २२ लाख ४४ हजार नौ सय ३५ रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको शेयर पूँजी दुई करोड ३७ लाख ८१ हजार पाँच सय रुपैयाँ, बचत संकलन आठ करोड २६ लाख ७२ हजार चार सय ५५ रुपैयाँ, कर्जा लगानी १९ करोड एक लाख ६१ हजार आठ सय ५७ रुपैयाँ, कुल कोषमा दुई करोड ३५ लाख तीन हजार तीन सय ३८ रुपैयाँ, जगेडा कोषमा ५८ लाख ६८ हजार दुई सय ३२ रुपैयाँ, नाफा एक करोड २० लाख चार हजार ६३ रुपैयाँ रहेको छ ।
कार्यक्रममा ज्येष्ठ शेयर सदस्यहरु कृष्णलाल प्रसाईं, विष्णुभक्त वाग्ले र पवित्रा भट्टराई, संस्थापक सदस्य खगेन्द्र कुँवर ‘ख’, लेखा समितिका संयोजक दशरथ पराजुली, सदस्यद्वय नरप्रसाद उप्रेती र पार्वती भट्टराईलाई सम्मान गरिएको थियो ।
त्यस्तै नियमित बचततर्फ महेशकुमार हमाल, क्रमिक बचततर्फ प्रेमचन अग्रवाल, अनिवार्य बचततर्फ नविन भट्टराई, साधारण बचततर्फ महादेवलाल राजवंशी, बाल बचततर्फ सायन राई र पेन्सन बचततर्फ राजकुमार दाहाल तथा असल उद्यमीतर्फ चंखबहादुर विश्वकर्मा, देवीमाया सुनुवार, भीम विश्वकर्मा र टीकाराम चौलागाईं रहेका छन् ।
त्यस्तै गत वर्षको एसईईमा उत्कृष्ट हुने शेयर सदस्यका सन्तानमध्ये छात्रतर्फ गेविन चिमरीया र छात्रा प्रशंसा घिमिरे, उत्कृष्ट कर्मचारी बजार प्रतिनिधि प्रमिला थापा र संस्थामा लामो समय सेवा पुर्याउने लेखापाल मीनाकुमारी खड्कालाई सम्मान गरिएको थियो भने बिपन्न शेयर सदस्य लक्ष्मीमाया चौधरीलाई रकम प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष अच्यूत दाहाल, सल्लाहकार समितिका सदस्य देबेन्द्र हुमागाईं, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा संस्थाका अध्यक्ष नन्दमान भट्टराई ‘नरेश’ले आफ्नो पारिश्रमिक वापतको रकम दृष्टीविहिन शेयर सदस्य भरत राजवंशी र कार्यालय सहयोगी सविता मल्लिकलाई प्रदान गरेका थिए ।
कार्यक्रममा एक्सेल डेभलव वैंकका पूर्व सिइओ दिनेश पोखरेल, व्यवसायी निर्मल भट्टराई लगायतको आतिथ्य रहेको थियो । बाल गायक विदिस सिग्देलले गित प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक पर्वत चिमरीयाले गर्नुभएको थियो ।