बढ्दै गएको गालाको चाउरी सङै
ढल्कदै गएको त्यो जवानी,
आमा !
एक फेर सोच्छु,
तिमी कत्ती सुन्दरी थियौ होला हगि
जति बेला हेमा,माधुरी,करिश्मा अनि जल उफ्रन्थ्ये१
तिम्रा पनि त
सपनाका बिस्कुनहरु
मझेरिमा ढुलमुल गर्थ्ये होलान नि हगि१
अनि बुवा सँगै ती टिमाईका तट
माथी माथी हासँपोखरी सम्म
कमिलामा प्वाँख पलाई उढे झैँ
तिम्रा सपना पनि ती चिसा
स्याँठ संगै
उढ्थे होलान, है !!
कहिले काहीं
पल्लो घरको
कट्टेलबा ले घाँस काट्दै गरेको त्यो
बुढो लामपातेको रुख हेर्छु अनि
ती समय संगै तिम्ले
फेरेको रुप हेरि म आफैं फर्कन्छु
अतितमा !
ती लामपातेका रुख हेर्छु
अनि दाज्छु समयलाई !
हिजो आज ती रुखका जरा मकाएका छन्
ती रुखमा पालुवा सदै झैँ देखिन्न , आमा !
डर लाग्छ मलाई
ती समय सम्झदा आमा !
जति बेला घरमा अन्नको गेडो नहुदा
फापरको पिठोको रोटि तिमिले पकाई
ती मुनाहरुमा भरन पोसन गरि
यी कलिला पालुवा हुर्काएकी थियौ !
अनि गहुँका ती गेडाहरु
भर्खरै ब्याएको माली गाईको गोबरले लिपेको
भुइँमा लडाइ एक दुई अनि तीन सिकाएको थियौ !
आमा !
म गन्न सक्दिन ती तिम्रा हातका रेखाहरु
जहाँ ती दारेपाखा, घट्टे ,गेबे अनि नारदेका
कहानीहरु कोरिएका छन् !
आमा !
मत तिम्रो सामु उभिन्छु
अनि सम्झन्छु
आदिकबी जो
मेरो जिबनका गोरेटोमा
तिमिले नटुङ्गीने एउटा
खण्डकाव्य देखायौ !!
अनि बाले बुधबारे बजारमा गई
ल्याएको त्यो
पन्धासे झोलामा हाली दियौ !!
कहिले काहीँ आमा
म ती काब्यहरु ओल्टाउँछु , पल्टाउँछु अनि
सोच्छु कि
ती कुनै पानाहरु
च्याती दिउँ !
अह फेरि एउटा मनले ती तिम्रा
हत्केलाका रेखाहरु परेलिमा
झल झली नचाउछ अनि
पढाउदै फेरि पनि
तिम्रो ममता मा केही बेर
तल तल ती तराईका
फाँटहरुमा बिशृत तुल्याउछ !
पुर्बबाट चलेका ती बतासहरुले
कहिले काहीं ती
पुतली पाखाका टिनहरु
ल्याफ्र्याङ ल्याफ्र्याङ पार्दा आमा
यी मनहरु ती तिम्रा चिसा पछेउरिमा छिर्दा
कति आनन्दित हुन्थे अनि
खाटमा झरेका ती सेता
आकाश फलहरु बटुकिमा हाली
सि सि गर्दै उफ्रदै खादा
तिमी कति रुन्थ्यौ होला है आमा !
सरस्वती पुजाको दिन
बताशे मिठाई संगै तिम्रो छोरो
स्कुलमा उफृदा तिम्रा ममताका आशु ले
कति चोली भिजेका थिए होलान् है आमा ।
आमा आमा
भन्दै छोरोले ल्याएको त्यो
पहिलो पुरस्कारले तिम्रो
ममता कति धनी भाको थियो होला हगि आमा !
लज्जेका काँडा संगै सिङौरी खेल्दै
ती दाउराका भारिहरु छोरोले
आगनिमा ल्याउदा तिम्रा मनहरु पनि
मुखियाबा का छोराहरु सङै
लछार पछार गर्दै ति महल मा
गै छोरो को डोको सङै रोकिए होलान है आमा !
कहिले काहीँ
केही दुर टाढा जादा
भात अडकिन्छन , अनि
तिम्रो झझल्को ती सिताहरुमा फन फनि नाचिदिन्छन
अनि मात्र भात निल्छु आमा,
शायदै तिमिले त्यतिबेला
छोरो सम्झी ती
दहि अनि मोहिका बटुकाहरु
छुट्याएकि हुन्छयौ होला है आमा !
जति जति बेला ति
नाङ्गा रुखहरु सामुन्ने उभिन्छु
अनि सम्झन्छु
त्यो रित्तो मानिस अनि रित्तो रुखको कथा !
जहाँ ती मानिस का सपना हुन्नन
आज म त्यहा त्यहा
रित्तो रुख देख्छु आमा !
कहिले काहीँ
ती उडेका चरा देख्दा
तिम्रो ममताले मलाई
दुर दुर सम्म ती चरा सङै
उडि चारो बटुल्न मन लाग्छ आमा
जहाँ तिम्ले त्याग तपस्या र मेहेनत को सिङ्गो
एउटा विश्व खडा गरिदिएकि छ्यौ आमा ! – सुरज खनाल