Search
Close this search box.
Search
Close this search box.

आलोचना भएपछि धमाधम दशैं भत्ता फिर्ता गर्दै सांसदहरु

काठमाडौं । मुलुक कोरोना भाइरस महामारीमा रहेको समयमा दशैं भत्ता लिएको भन्दै आलोचना भएपछि संघीय सांसदहरुले धमाधम भत्ता फिर्ता गर्न थालेका छन् । केही सांसदहरूले व्यक्तिगत रूपमा संघीय संसद सचिवालयलाई पत्र लेखेर नै भत्ता रकम फिर्ता गरेका छन् । केहीले नगद रकम संसद सचिवालयमा पुर्‍याएका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा सांसद लालबाबु पण्डित , नेकपाका नेता भीम रावल, कांग्रेस सांसद प्रकाशमान सिंह र गगन थापाले भत्ता रकम फिर्ता गरेका छन् ।

नेकपा सांसद नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले पनि भत्ता दिएकोमा विरोध जनाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने केही पार्टीले भने दलको बैठक बसेर भत्ताको विषयमा निर्णय लिने जानकारी दिएका छन् ।

प्रतिपक्षी दल कांग्रेसले दसैं भत्ता बाँडेर सरकारले आफूजस्तै सांसदलाई पनि बदनाम गराउन खोजेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै जनता आइसोलेसन र भेन्टिलेटर नपाएर मर्दै गरेको अवस्थामा सांसदलाई दशैं भत्ता दिने विषयमा संसदीय दलले आवश्यक निर्णय लिने बताएका छन् । भत्ता फिर्ता गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले सांसदहरुलाई निर्देशन दिइसकेका छन् ।

२०७६ सालदेखि सांसदहरूलाई र उनीहरूका स्वकीय सचिवहरूलाई दसैं भत्ता दिन थालिएको हो । उनीहरूले एक महिनाको पारिश्रमिक बराबरको रकम दसैं भत्ताबापत पाउने गरेका छन । सांसदको तलब ६५ हजार १ सय ७१ रुपैयाँ रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *