पिङको मज्जा इन्टरनेटले पुरा गर्न सक्ला ?
दशै र तिहारमा रमाइलो गर्ने एउटा साधक पिङ हिजोआज पाउन निकै हम्यहम्य हुन्छ । हिन्दुहरुको मुख्य चाँड दशै र तिहारमा साना देखि ठुलासम्म पिङको मज्जा नलिने कमै हुन्थे तर आजभोली एकादेशको कथा जस्तै बन्न थलेको छ ।
शहर देखि ठुलाबढा र आफन्त आर्सिवाद लिन गाउँ पुग्नेहरु पनि एक पटक रमाएरै शहर फर्किने गर्दथे । वर्षमा एक पटक भुँई छाड्नु पर्छ भन्ने एउटा अस्था छ त्यसैले पनि पहिलेका वर्षहरुमा पिङको महत्व बढी थियो ।
हिजोआज इन्टरनेटले कोठामै खुम्च्याएका समाजलाई पिङ संस्कृति इतिहासनै बन्ने अवस्था भइ सकेको छ ।
युवापुस्ताले पिङको महत्व बुझ्न छाडेका छन्, अरुनै साधनलाई मनोरञ्जन लिन थाले पछि पिङ गाउँघरमा लोप बन्न थालेको छ ।
उ वेला पिङ सम्झिएर आङ सिरिङ बन्थ्यो तर हिजोआज युवापुस्ता समेत पिङमा तम्सिएको देखिदैन तर सोच्ने वेला भएको छ ।
गाउँगाउँमा प्रतिस्पर्धा जस्तै गरी लिङगेपिङ थापिन्थे तर हिजोआज चकमन्न जस्तै भएको छ । चाहे बालबालिका, युवा, वयस्क वा वृद्धा प्रत्येक वर्ष बासका लिङगे पिङ बनाएर रमाइलो गर्दथे गराउँथे।
गाउँमा पिङ नभए पछि जमघट र भेटघाट समेत कमी आएको छ । प्रेमी र प्रेमिकासँग भेट गर्ने देखि शुभकामना साटसाट गर्ने स्थल समेत पिङ हुने गर्दथ्यो तर पाइन छाडेको छ।
पिङमा रमाउने आफ्नो इच्छा पुरा गर्न बृद्धा युवा देखि वालवालिकालाई कुनै फनपार्कमा जानुपर्ने बाध्यता छ, उ वेला आँगनमै पिङ हुन्थे ।
दशै तिहारको समयमा सहर तथा ग्रामिण क्षेत्रमा केही वर्ष अघिसम्म छयापछयाप्ती हुने गरेको पिङहरुमा अहिले कमी आउन थालेको छ । विशेष गरी जाँतेपिङ पुरै लोप भएको छ भने लिङगे पिङ र रोटेपिङ पनि लोपोन्मुख रहेको छ ।
सानै उमेरदेखि दशैमा पिङ खेल्ने गरेको तर हिजोआज खेल्न नपाउदाँ चाँडपर्वनै खल्लो लाग्ने गरेको बुढापाकाहरु बताउछन् ।
कतिपय नयाँ पुस्ताका बालबालिकाले लिङगे पिङ, जाँतेपिङ र रोटेपिङको नाम सम्म सुन्न छाडेकाले पिङ पछिल्लो पुस्तालाई इतिहास बनेको छ ।