नवीन उप्रेती – दक्षिणी झापा स्थित कचनकवल गाउँपालिकाले महिला लक्षित नि:शुल्क सिलाइ कटाईतालिम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष ७९\८० का लागि स्वीकृत कार्यक्रम अन्तर्गत महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले कचनकवल गाउँपालिका क्षेत्र भित्रका महिलाहरूलाई निःशुल्क बेसिक तथा एडभान्स कोर्स सिलाई कटाई तालिम सञ्चालन गर्न लागेको हो।
गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै उक्त कार्यक्रममा समावेश हुन चाहने महिलालाई सूचना प्रकाशन भएको ७ दिन भित्र बेसिक कोर्सका लागि हस्त लिखित निवेदन र नेपाली नागरिकताको प्रतिलिपि र एडभान्स कोर्सका लागी हस्त लिखित निवेदन, अन्त कतै बेसिक कोर्स लिएको प्रमाणपत्र र नेपाली नागरिकताको प्रतिलिपि सहित कचनकवल गाउँ कार्यपालिकाको कार्यालय, बनियानीमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा वा आफू बसोबास गर्दै आएको सम्बन्धित वडा कार्यालयमा रीतपूर्वक निवेदन दिनका लागी सूचना मार्फत आव्हान गरेको छ।