Search
Close this search box.
Search
Close this search box.

कांग्रेस नेता मीनबहादुर विश्वकर्मा भेन्टिलेटरमा

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमित नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

कोरोना पुष्टि भएपछि कात्तिक ९ गते वीर अस्पतालमा भर्ना गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि त्यसपछि उनलाई थप उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल लगिएको थियो।

उनको फोक्सोमा निमोनिया देखिएको र श्वासप्रस्वासमा समस्या आएकोले भेन्टिलेटरमा राखेर उपचार भइरहेको नेपाली कांग्रेसले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *