पालिका सन्देश – सत्तारूढ नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन अन्तर्गत अहिले वडा अधिवेशन गरिरहेको छ। असोज ५ गतेसम्म ७७ वटै जिल्लामा वडा अधिवेशन गरिसक्ने कार्यतालिका उसले बनाएको छ। भदौ २५ गते सातौं पटक परिमार्जन गरिएको कार्यतालिकाअनुसार कांग्रेसले असोज ९ गते गाउँरनगरपालिका र असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी गरिरहेको छ।
असोज १५ गते कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन गर्ने भएको छ। सोही दिन कांग्रेसले महाधिवेशन प्रतिनिधि पनि चयन गर्नेछ। विधानअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका प्रदेशसभा अधिवेशनका प्रतिनिधि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका सदस्य हुन्छन्।
यस्तै उक्त निर्वाचन क्षेत्रभित्र रहेका केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्व पदाधिकारी तथा सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार पनि प्रतिनिधि मानिन्छन्।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले प्रतिनिधिमध्येबाट कम्तीमा ४ महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी–जनजाति, खस–आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएका क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ।
कांग्रेसको विधानमा केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन पार्टीको क्रियाशील सदस्यता लिएको ४ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ। विधानअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिमा निर्वाचित हुने व्यक्ति पदेन महाधिवेशन प्रतिनिधि हुन्छ।
यसरी कांग्रेसको असोज १५ गते हुने भनिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले हरेक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ। जसअनुसार देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ४ हजार १ सय २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।
जसमध्ये प्रत्यक्षतर्फ २ हजार ४ सय ७५ ९६० प्रतिशत० र १ हजार ६ सय ५० ९४० प्रतिशत० समानुपातिकतर्फबाट चयन हुने केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजालले जानकारी दिए।
उनका अनुसार कूल महाधिवेशन प्रतिनिधिमध्ये १ हजार ३ सय ४ जना महिला हुनेछन्। जसमध्ये ६ सय ६० महिला प्रत्यक्षतर्फ र ६ सय ४४ महिला समानुपातिकतर्फ चयन गरिने डा. रिजालले बताए।
कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट आदिवासी–जनजातितर्फ ४ सय ९८ ९३०।२ प्रतिशत०, मधेसीतर्फ २ सय २७ ९१३।८ प्रतिशत०, दलिततर्फ २ सय ३२ ९१४।१ प्रतिशत, थारूतर्फ ९४ ९५।७ प्रतिशत०, मुस्लिमतर्फ ७२ ९४।४ प्रतिशत० र खस–आर्यतर्फ ५ सय २७ ९३९।९ प्रतिशत० महाधिवेशन प्रतिनिधि समानुपातिक प्रणालीबाट चयन गरिने रिजालले बताए।
विदेशस्थित जनसम्पर्क समितिले ९५ सय वा यसभन्दा बढी क्रियाशील सदस्य भएका० ७ जना महाधिवेशन प्रतिनिधि चयन गरेर महाधिवेशनमा पठाउने प्रावधान विधानले गरेको पनि उनले जानकारी दिए।
उनका अनुसार एक देशबाट बढीमा १४ जना मात्रै महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा भाग लिन पाउने प्रावधान छ। आसन्न महाधिवेशनमा कम्तीमा ४ हजार ५ सय र बढीमा ५ हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने उनको अनुमान छ।
कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशनका लागि पनि प्रतिनिधि मानिन्छन्। कांग्रेसले आगामी कात्तिक १०–१२ मा प्रदेश अधिवेशन गर्ने भएको छ। नेपालखबरबाट