Search
Close this search box.
Search
Close this search box.

किन मुस्लिमहरूको तारो बन्यो फ्रान्स?

काठमाडौं। फ्रान्स यतिखेर दुई प्रकारका प्रहारको सामना गरिरहेको छ। पहिलो, कोरोना भाइरसको प्रहार र अर्को, मुस्लिम देशहरूको आक्रमण। 

कोरोनाले त संसारभर नै प्रहार गरिरहेको छ, तर फ्रान्समा दोहोर्‍याई–तेहेर्‍याई। महामारीबाट अधिक नोक्सान व्यहोर्ने मुलुकमध्ये फ्रान्स एक हुन पुगेको छ। कोरोना भाइरसको त एक दिन आयु सकिएपछि अन्त्य होला, तर धर्मका नाममा सल्किएको आगो कहिलेसम्म रहन्छ, यसै भन्न सकिन्न।

पैगम्बर मोहम्मदको कार्टुनको विषयले मुस्लिम समुदाय क्रुद्ध भएका छन्। तिनले यसमा सबैभन्दा बढी दोषी फ्रान्स र त्यहाँका राष्ट्रपति इम्यानुयल म्याक्रोलाई देखेका छन्। सार्ली एब्डो पत्रिकामा पैगम्बर मोहम्मदको कार्टुन छापिएपछि मुस्लिम बहुल देशहरूले खुलेर पत्रिकाको मात्र होइन पत्रिका निस्कने देश फ्रान्सको आलोचना गरेका छन्। फ्रान्सलाई मुसलमानको सबैभन्दा ठूलो दुस्मन मान्दै आएका छन्।

कार्टुनको विवाद बढ्दै गएपछि मुस्लिमहरूले विभिन्न देशमा आत्मघाति हमला गर्न थालेको आशंका गरिएको छ। फ्रान्समा त एक मुस्लिम युवाले पैगम्बर मोहम्मदको कार्टुन देखाउने शिक्षकको टाउको काटेर हत्या नै गरिदिए। सोही बखत अन्य दुई जनाको पनि चक्कुले हानेर हत्या गरिदिए।

पश्चिमा मुलुक अभिव्यक्ति स्वतन्त्रतालाई अन्य देशलेभन्दा बढी महत्त्व दिन्छन्। यी देशहरूले इस्लामका बारेमा दिएका विचारले कयौं पटक विवाद जन्माइदिएको छ। तर अन्यत्रभन्दा बढी आक्रोश मुस्लिमहरू फ्रान्सप्रति नै पोख्दै आएको देखिन्छ।

कार्टुनको विवाद बढ्दै गएपछि मुस्लिमहरूले विभिन्न देशमा आत्मघाति हमला गर्न थालेको आशंका गरिएको छ। फ्रान्समा त एक मुस्लिम युवाले पैगम्बर मोहम्मदको कार्टुन देखाउने शिक्षकको टाउको काटेर हत्या नै गरिदिए। सोही बखत अन्य दुई जनाको पनि चक्कुले हानेर हत्या गरिदिए। त्यस्तै खालको घटना रूसमा पनि हुन गयो।

मुस्लिमबहुल देशमा फ्रान्समा निर्मित सामान बहिष्कारको लहर अहिले पनि जारी छ। आखिर मुस्लिमहरू फ्रान्सप्रति यतिविधि त्रुद्ध किन भइरहेका छन्? फ्रान्सले अपनाएको धर्मनिरपेक्ष नीति र त्यहाँका राष्ट्रपतिको इस्लामप्रतिको संवेदनाहीन व्यवहारलाई कारण मान्न सकिने कतिपयको विश्लेषण छ।

के भन्छ फ्रान्सको इतिहास? पश्चिमी युरोपमा फ्रान्स एउटा यस्तो देश हो जहाँ मुस्लिम आवादी अधिक छ। ६ करोड ७० लाख जनसंख्या भएको फ्रान्समा ६० लाखभन्दा बढी मुस्लिम छन्। अफ्रिका तथा मध्यपूर्वमा कुनै समय फ्रान्सको शासन चल्थ्यो, सोही समय ठूलो संख्यामा मुस्लिमहरू फ्रान्सतिर गएको मानिन्छ।

फ्रान्सेली सेनाले पछिल्ला समयमा माली तथा सिरियामा कट्टरपन्थीविरूद्ध कारबाही गरेको छ। अफ्रिकामा अहिले पनि हजारौं फ्रान्सेली सेना तैनाथ छन्। यही कारण इस्लामिक स्टेट, अलकायदाजस्ता कट्टरपन्थी संगठन फ्रान्समाथि कारबाही गर्न उक्साइरहन्छन् र फ्रान्सले दबाब महसुस गर्दै सेना हटाओस् भन्ने चाहना राख्छन्।

फ्रान्सका शासकहरूले मुस्लिमलाई कहिल्यै राम्रो नजरले हेरेनन्। फ्रान्समा बहुसंख्यक क्याथोलिक छन्, तिनले मुस्लिममाथि जहिल्यै भेदभाव गर्दै आए। यस्तो भेदभावका कारण मुस्लिमहरूको अन्तर्मनमा आक्रोश उत्पन्न हुन गयो।

कुनै समय आफ्नो कोलोनी रहेका देशहरूमा फ्रान्सले अहिले पनि आर्थिक तथा सांस्कृतिक सम्बन्धका माध्यमबाट नियन्त्रण राख्दै आएको छ। कतिपय देशमा आफ्ना सेना नै तैनाथ गरेको छ।

फ्रान्सेली सेनाले पछिल्ला समयमा माली तथा सिरियामा कट्टरपन्थीविरूद्ध कारबाही गरेको छ। अफ्रिकामा अहिले पनि हजारौं फ्रान्सेली सेना तैनाथ छन्। यही कारण इस्लामिक स्टेट, अलकायदाजस्ता कट्टरपन्थी संगठन फ्रान्समाथि कारबाही गर्न उक्साइरहन्छन् र फ्रान्सले दबाब महसुस गर्दै सेना हटाओस् भन्ने चाहना राख्छन्।

धर्म र कानुनलाई एकै मान्ने चलन चलेको समयमा फ्रान्सले १९०५ मा यस्तो कानुन ल्यायो, जसले चर्च र सरकारलाई एकअर्काबाट अलग पारिदियो। त्यसपछि फ्रान्स एक न्युट्रल देश बन्यो र सबै धर्मका मानिस शान्तिपूर्ण ढंगमा त्यहाँ बस्न पाउने भए। फ्रान्समा मुस्लिमको संख्या पनि बढ्दै गयो र धर्मनिरपेक्षताका सवाल पनि बलियो हुँदै गयो। धर्ममा कट्टर मानिएका मुस्लिमका कतिपय चालचलनमाथि सरकारले रोक लगाइदियो, जसले मुस्लिम समुदाय सरकारप्रति रूष्ट भए।

फ्रान्समा विगत केही दशकदेखि नै मुस्लिमको विरोधको सामना राज्यप्रमुखले गर्दै आएका छन्। तर वर्तमान राष्ट्रपति म्याक्रोले भने अलि बढी नै विरोधको सिकार हुनु परेको देखिन्छ। फ्रान्सेली सामान बहिष्कारका साथै विभिन्न स्थानमा प्रदर्शनकारीहरूले उनको तस्वीर जलाइदिएका छन्।

म्याक्रो यस्तो कानुन ल्याउन चाहन्छन्, जसले इस्लामिक कट्टरपन्थीहरूमाथि कारबाही गर्न सकियोस्। अहिले सहिष्णुता भड्काउने, देशको नियम कानुन तोड्नेजस्ता काम गर्ने मुस्लिमलाई फ्रान्स सरकारले कारबाही गरेको छ।

म्याक्रोले पैगम्बर मोहम्मदको कार्टुनको समर्थन मात्र गरेनन्, त्यसबखत उनले प्रयोग गरेका शब्दले पनि मुस्लिम समुदाय आक्रोशित भएको हो। त्यसपछि नै फ्रान्स र त्यहाँका राष्ट्रपति म्याक्रो मुस्लिमको तारो बनेका हुन्।एजेन्सीको सहयोगमा ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *