कुकुरको टोकाइबाट झापामा बालकको मृत्यु

झापा । कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा एक बालकको मृत्यु भएको छ।

सङ्खुवासभाको चैनपुर नगरपालिका–७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाश रम्तेलको शनिबार बिहान मृत्यु भएको हो।

EPIC EPIC EPIC

डेढ महिना अघि कुकुरले टोकेपछि बालकको स्वास्थ्य सामान्य देखिएकाले कुनै उपचार नगरिएको बताइएको छ। तर, शुक्रबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बालकको अवस्था गम्भीर भएपछि हेटौंडास्थित सीएमसी चुरीहिल अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *