Search
Close this search box.
Search
Close this search box.

कृषि ज्ञानकेन्द्र झापाको बजेट ९ करोड ६९ लाख ४९ हजार

agriculture in nepal

भद्रपुर । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष ०७७–०७८ मा खर्च गरिने बजेट सार्वजनिक गरेको छ । केन्द्रले आफ्रनै सभाहलमा सरोकारवाला निकायहरुको संक्षिप्त उपस्थितिमा ९ करोड ६९ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको हो ।

कोभिड १९ को स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नील कमल सिंहले १ नं प्रदेश सरकारबाट प्राप्त ५ करोड २३ लाख ५१ हजार, केन्द्रीय सरकारमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, ब्लक विकास कार्यक्रमका लागि विनियोजन गरिएको २ करोड ८५ लाख ९८ हजार र सशर्त अनुदानतर्फ १ करोड ६० लाख गरी ४ करोड ४५ लाख ९८ हजार समेत कूल ९ करोड ६९ लाख ४९ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिने जानकारी दिनु भयो ।

सोमध्येबाट १ करोड ६१ लाख ६१ हजार रुपैयाँ प्रशासनिक खर्च रहनेछ । मागमा आधारित कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमलगायत कृषि प्रवद्र्धनका कार्यक्रम सञ्चालन लगायतका २६ वटा कार्यक्रममा बजेट परिचालन गरिने प्रमुख सिंहले जानकारी दिनुभयो ।सार्वजनिकीकरण कार्यक्रममा प्रदेशसभा सांसद तथा स्थानीय तहका प्रमुख–उपप्रमुखको सहभागिता रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *