Search
Close this search box.
Search
Close this search box.

कृषि पेशाले फेरिएको उप्रेतीको जीवन स्तर

uprati krisak

उमेश खतिवडा, मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ९ मागुरमाडीका डिल्लीराज उप्रेती होटेल म्यानेजमेन्ट पढदा–पढ्दै पढाई छोडेर परिवार र आप्mनो गुजारा टार्न विदेशतिर लागे । उनी जुन सोचले विदेश भाँसिएका थिए सो अनुरुप कमाउन सकेनन् । कतारमा आठ वर्ष लामो श्रम बेचे पनि कमाउन नसकेका उप्रेती नेपाल फर्किएर आप्mनै भूमिमा कर्म गरेर छोटो समयमा नै सफल व्यवसायीका रुपमा आप्mनो परिचय बनाउन सफल भएका छन् ।

वि.स.२०६९ सालमा डि एण्ड डि बायोप्लान्टटेक फर्म स्थापना गरेका हौँ । सुरुमा नर्सरी सम्बन्धि काम गर्ने भएकाले वन प्रजातिका विरुवाहरु उत्पादन ग¥यौं । वन प्रजातिका विरुवाहरु उत्पादन गरिरहँदा बजारमा मङ्गो मूल्यमा बिक्री भइरहेको थियो । यो चाहिँ अलिक लुट भयो, आफूले पनि मङ्गो मूल्यमा खरिद गर्न सकिदैन भनेर भारतबाट जराहरु मगाएर ४०।५० हजारको लागतमा नर्सरी स्थापना गरि व्यवसाय सुरु गरेका हामीले अहिले करिब एक करोड बराबारको लगानी गरेका छौं’ – सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।

उप्रेती भन्छन् ‘व्यवसाय सुरु भयो बिरुवा पनि बिक्री भयो तर यसमा नयाँ केही भएन जीवन उक्सि हाल्ने हामीले केही देखिनौ । त्यसपछि हामीले कागती खेती, मेवा खेती हुँदै सबैले खोलाको बगरमा मात्र फलेको देखेको खरबुजा हामीले माटोमा पनि खरबुजा हुन्छ भन्ने सावित गरेर चार वर्षदेखि खरबुजाको ट्रायल सुरु गरेका हामीले सोचेको भन्दा बढी उत्पादन गर्न सफल भएका छौँ ।’ उनी भन्छन् –‘हामी वार्षिक रुपमा एक डेढ लाख खरबुजाका बिरुवाहरु बेच्दै आएका छौँ । बजारमा पाइने विषादी प्रयोग गरेका खरबुजाको तुलनामा हामीले जैविक मल प्रयोग गरेर उत्पादन गरेको खरबुजाको मूल्य केही धेरै पर्ला तर स्वाद र स्वास्थ्यको हिसाबले कयौं गुणा उत्कृष्ट छन् ।’ लक डाउनको अवधिमा खरबुजा बेचेर राम्रो कमाई भएको उप्रेती बताउँछन् । ‘हामीले यो वर्ष करिब २ बिगा क्षेत्रफलमा सयपत्री लगाएका छौं तर यस वर्षको पानी झरीले केही विरुवा नष्ट गरे पनि यो वर्ष हामीले १० देखि १२ लाख बराबरको सयपत्रीको माला बेच्ने लक्ष्य लिएका छौँ ।’ उप्रेतीको भनाई छ ।
उनले कागती, ड्रेगन, स्याउ, आँप, लिची, अनार, काजु लगायतका बिरुवाहरु उत्पादन गर्ने गरेको बताएका छन् । त्यसका लागि रासायनिक मल किन्नुको साटो आफैं जैविक मल बनाउने गरेका छन् । मौसम अनुसारका लालुपाते, गोदाबारी, सयपत्रीका बिरुवाहरु उत्पादन गर्ने गरेको उनको भनाई छ । कृषकलाई कृषिमा प्रेरित गरेर अर्ग्यानिक हब बनाउने योजनासहित अघि बढी रहेको उनले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *