Search
Close this search box.
Search
Close this search box.

कोभिड प्रभावित उद्योगलाई राहत दिन अध्ययन गरिँदै

काठमाडौ । सरकारले कोरोनाभाइरस कोभिड–१९को समस्यामा परेका उद्योगलाई राहत दिन अध्ययन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिडबाट प्रभावित भएका उद्योगलाई राहत दिन अध्ययन गर्न लागेको हो ।


मन्त्रालयले अध्ययनका लागि साना, मझौला र ठूला गरी सबै प्रकारका उद्योगका लागि हुनेगरी अध्ययनका लागि प्रश्नावली तयार पारेको छ । त्यो प्रश्नावलीमा आफ्नो उद्योगमा कोभिडले पारेको प्रभावसहितका उत्तर लेखेर पठाउनुपर्नेछ । मन्त्रालयले प्रश्नावली आफनो वेबसाइटमा राखेको छ । कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउनदेखि नै अधिकांश साना तथा मझौला उद्योग पूर्ण रूपमा सञ्चालन गर्न हुन सकेको छैन । जसको कारणले गर्दा ठूलो क्षति पुगेको व्यवसायीले बताए पनि कति क्षति भएको भनेर तथ्यांक आएको छैन । कुन उद्योगमा कति क्षति भएको तथ्यांक आएपछि राहत दिन सजिलो हुने भएकाले अध्ययन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।


कोभिडबाट बन्दाबन्दीको समयदेखि हालसम्म कति समय सञ्चालनमा रह्यो, बन्दाबन्दीको समयदेखि हालसम्म उद्योगको उत्पादनमा के कति प्रतिशतले गिरावट आयो, कोभिडले उद्योगका कच्चा पदार्थ र उत्पादनमा के कस्तो असर प¥यो, भन्ने लगायतका प्रश्नको उत्तर भरेर एक महिनाभित्र पठाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोभिडबाट प्रभावित उद्योगहरूको अवस्था हेरेर राहत नीति तर्जुमा गर्न अध्ययन गरेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कोभिड प्रभावित उद्योग अध्ययन गरी कुन किसिमको राहत उपलब्ध गराउने या राहत आवश्यक नपर्ने विषय टुंग्याउने छ । उद्योगीले यो अध्ययनमा माग लिँदा आफ्ना उद्योगमा परेका समस्याहरूको खुलाउन सक्नेछन । यस्तै कस्तो किसिमको राहतको व्यवस्था गर्दा उद्योगले पुनः गति लिन सक्छ भन्ने कुरा खुलाउन सक्नेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *