कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेकाहरूले रोस्टर परिवर्तन गर्न पाउने भएका छन् ।

कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरू ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न पाउने भएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै एचडीआर सर्भिसबाट प्राप्त पत्र अनुसार २०२४ डिसेम्बर ३१ सम्म रोस्टर अवधि रहेकाहरूले कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक क्षेत्रबाट सर्भिस सेक्टरका परिवर्तन गर्न पाउने भएको जनाएको छ । यसका लागि २०८१ वैशाख १४ गतेदेखि १८ गतेभित्र आवदेन दिनुपर्ने शाखाले जनाएको छ ।

शाखाका अनुसार वेवसाइटमा राखिएको फारम भरेर आवेदकले राहदानीसहित आवश्यक कागजातहरू eps.sectorchange@gmail.com पठाउनुपर्ने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *