कोरियाको इतिहासकै तेस्रो ठूलो विमान दुर्घटना : १७९ जनाको मृत्यु पुष्टि

चालक दलका २ सदस्य मात्र बाँचे, ७ दिने राष्ट्रिय शोक घोषणा

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको विमान दुर्घटनामा सवार १८१ मध्ये दुई जना मात्र बाँच्न सफल भएका छन्।

सबै यात्रु र चालक दलका चार सदस्यसहित १७९ जनाको ज्यान गएको पुष्टि भएको हो। उद्धार गरिएका दुई जना चालक दलको सदस्य भएको बताइएको छ।

EPIC EPIC EPIC

७ दिनका लागि मुलुकमा शोक अवधि घोषणा गरिएको छ। सरकारी कार्यालयमा झण्डा झुकाइने छ भने कर्मचारलिे कालो रिबन लगाउने छन्।

यो कोरियाको इतिहासको तेस्रो ठूलो दुर्घटना भएको योनहाप न्युज एजेन्सीले जनाएको छ।

१९८३ मा सोभियत लडाकु विमानले बाटो छाडेको कोरियन एयरको विमान खसाउँदा सवार सबै २६९ जनाको ज्यान गएको थियो। १९९७ मा कोरियन एयरकै विमान गुआममा दुर्घटना हुँदा २२५ जना मारिएका थिए।

जेजु एयरको भने यो पहिलो दुर्घटना भएको बताइएको छ। एजेन्सी 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *