बुद्धशान्ति (पालिका सन्देश) – कोरोनाका कारण आइतबार एकै दिन बुद्धशान्ति गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुद्धशान्ति १ का ५८ वर्षकी महिला,बुद्धशान्ति २ का ७४ वर्षका एक पुरुष र बुद्धशान्ति ३ का ४५ वार्षका पुरुष रहेका छन् ।
२ जनाको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा र एक जनाको मेची अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
कोरोना सक्रमणका कारण मृत्यु भएकाको आइतबार नै स्थानीय चिलिमगढी घाटमा एकै पटक दाहसंस्कार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए ।
यो संगै बुद्धशान्तिमा कोभिड सक्रमणबाट मृत्यु हुनेको सख्यां २१ पुगेको छ।